रास्वपा पदाधिकारीमा बाहुन–क्षेत्रीकै बर्चस्व : पन्छाइए दलित, जनजाति र मधेशी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्वको अनुहार लगभग प्रस्ट भएको छ । सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध हुँदा पदाधिकारीका बाँकी पदमा चुनाव भएको थियो ।

शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार महिला उपसभापतिमा सोविता गाैतम, महामन्त्रीमा विपिन आचार्य र सहमहामन्त्री पुरुषमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् ।

यस्तै महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन् । अहिलेसम्म सर्वसम्मत र प्रतिस्पर्धाबाट चयन भएका सबै पदाधिकारी बाहुन–क्षेत्री समुदायबाट परेका अनुहार छन् ।

रास्वपामा मधेशी, दलित र जनजाति समुदायबाट कोही पनि पदाधिकारी तहमा चयन नभएका हुन् । रास्वपाले समावेशितालाई विशेष महत्त्व दिने भने पनि व्यवहारमा त्यो नदेखिएको हो ।

यद्यपि केन्द्रीय सदस्यमा भने ठूलो संख्यामा महिला निर्वाचित हुनुलाई सुखद मानिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार