काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुईतिहाइको सरकारको क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको बताएका हुन् ।
उनले भने, “दुईतिहाइको सरकारले जनतामा सन्त्रास पैदा गरेको छ । यो परिस्थितिमा हामीले सहिदहरूलाई सम्झने र वामपन्थीहरू विमर्श गर्नुको तात्पर्य के हो ? भन्ने कुरामा पनि मैले सुन्दा र मैले बुझ्दा हामी आधारभूत रूपमा एकै ठाउँमा छौँ ।”
यतिबेला विगतको समीक्षा गर्ने, कमजोरीको गम्भीर विमर्श गर्दै आगामी दिनका लागि कार्यादिशा बनाउनुपर्ने उनको भनाइ छ ।




