नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

२०८३ साउन २३

काठमाडौं – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल (२०२६–२०२८) का लागि महासचिव पदमा पर्यटन व्यवसायी सुशील पन्तले उम्मेदवारी दिएका छन्। उनी जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको समावेशी तथा अनुभवी प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन्।

को हुन् सुशील पन्त ?

वि.सं. २०३३ मा जन्मिएका पन्त सफल उद्यमी हुन् । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध र पर्यटन क्षेत्रको गुणात्मक विकासमा निरन्तर सक्रिय व्यक्तित्वका रूपमा उनको परिचय बनेको छ ।

सन् १९९८ बाट पर्यटन क्षेत्रमा प्रवेश गरेका पन्तले अनुभव र निरन्तर परिश्रमका आधारमा सन् २००२ मा आफ्नै व्यवसाय स्थापना गरेका थिए । हाल उनी गोर्खा इन्टरनेसनल ट्राभल्स तथा एडभेन्चरका प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्। करिब तीन दशक लामो अनुभवका कारण पर्यटन क्षेत्रका विविध चुनौती र सम्भावनाबारे उनको  स्पष्ट बुझाइ रहेको छ।

पन्तले सन् २००९ मा  आफ्नो व्यवसाय न्यूयोर्कमा शाखा कार्यालय विस्तार गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली पर्यटन प्रवर्द्धनमा समेत योगदान दिएका थिए । केही वर्ष विदेशमा पर्यटन सम्बन्धि अनुभव हासिल गरेपछि उनी पुनः नेपाल फर्केर व्यवसाय विस्तारमा सक्रिय रहेका छन्।

पन्तले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापन, नीति निर्माण र संस्थागत नेतृत्वमा समेत अब्बल छन ।

उनि  सन् २००८ देखि २०२४ सम्म प्रिसियस नेशनल कलेजका अध्यक्षका रूपमा समेत कार्यरत रहँदै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

सामाजिक योगदान र नेतृत्व दृष्टिकोण

व्यवसायसँगै पन्तले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका छन्। गोरखा र धादिङका विद्यालयहरूमा सहयोग, छात्रवृत्ति वितरण तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सहयोग गर्दै उनले सामाजिक रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

सरल, निष्पक्ष छविका पन्त काममार्फत पहिचान बनाउन विश्वास गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। नाट्टाको महासचिव पदका प्रत्याशीका रूपमा उनले पर्यटन क्षेत्रलाई डिजिटल, प्रतिस्पर्धी र परिणाममुखी बनाउने स्पष्ट योजना अघि सारेका छन्। साथै, ‘सिग्नेचर प्रोजेक्ट’मार्फत दीर्घकालीन प्रभाव पार्ने पहलहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यसमा तपाइको मत

अन्य समाचार