नाट्टा निर्वाचन: तुलाधरको प्यानल सार्वजनिक, यस्ता छन् व्यवसाय सुधारका १२ एजेन्डा 

काठमाडौं l नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी नेतृत्वका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वको प्यानल आज सार्वजनिक गरिएको छ । नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै यही साउन २९ गते हुने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने तय भएको छ।

‘सबल नेतृत्व, सुरक्षित व्यवसाय–समृद्ध पर्यटनका लागि नाट्टा’ भन्ने मूल नारासहित घोषणा गरिएको तुलाधर नेतृत्वको प्यानलले ट्राभल व्यवसायको सुरक्षा, प्रविधिमैत्री सेवा विस्तार, अन्तर्राष्ट्रिय पन बजार प्रवर्द्धन तथा नीतिगत सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।

घोषित प्यानलअनुसार अध्यक्ष पदमा जिस्वा तुलाधर श्रेष्ठ (स्वा टुर्स एन्ड ट्राभल) , वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे (हिमालयन क्लब टुर्स एन्ड ट्राभल्स) , उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा (एडभेन्चर आउटडोर एक्स्कर्सन), महासचिवमा सुशील पन्त (गोरखा इन्टरनेसनल ट्राभल्स), सचिवमा रमेश घिमिरे (वेल नेपाल टुर्स एन्ड ट्रेक्स) र कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल (काठमाडौँ होलिडे टुर एन्ड ट्राभल) सह–कोषाध्यक्षमा डा. बिमला दाहाल (सेलेक्टेड टुर्स एन्ड ट्राभल) रहेका छन् ।

यस्तै प्यानलमा कार्यसमिति सदस्य पदका लागि प्रदीप आचार्य, सुदर्शन गजुरेल, दिनेश घिमिरे, त्रिलोचन न्यौपाने, अनु राउत (अधिकारी) र रोजिना रञ्जितकार प्रतिस्पर्धामा उत्रिएका छन्।

तुलाधर प्यानलले व्यवसायिक एकता, पारदर्शिता र समावेशीतालाई प्राथमिकतामा राख्दै नाट्टालाई अझ सशक्त र प्रभावकारी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यस्तो छ जिस्वा तुलाधार नेतृत्वको टिमको १२ बुँदे प्रतिबद्धता :

​१. अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा डिजिटल बजारीकरण: नेपालका नयाँ तथा उदीयमान गन्तव्यको प्रवर्द्धन, डिजिटल ब्राण्डिङ, AI प्रविधि प्रयोग र B2B प्लेटफर्ममार्फत सदस्य एजेन्सीहरूलाई बजारमा पहुँच।

२. नीतिगत तथा कानुनी सुधार: पर्यटन ऐन, बैंक ग्यारेन्टी र मौद्रिक नीतिमा सुधार ल्याउन नेपाल राष्ट्र बैंक तथा मन्त्रालयसँग सशक्त लबिङ।

३. नयाँ उद्यमी तथा साना व्यवसायीलाई प्रोत्साहन: दर्ता, नवीकरण र इजाजत प्रक्रियालाई सहज बनाउन ‘Single Window System’ र ‘NATTA Help Desk’ स्थापना; महिला तथा युवा उद्यमीका लागि विशेष सुविधा।

४. व्यवसाय संरक्षण तथा राहत हस्तक्षेप: संकट/महामारीमा पर्यटन व्यवसाय संरक्षण, भिसा प्रक्रिया र पेमेन्ट गेटवे सहज बनाउन पहल। ५. आउटबाउन्ड पर्यटनको आधिकारिक मान्यता: आउटबाउन्ड एजेन्सीलाई आधिकारिक मान्यता र सहजीकरण।

६. भविष्यका पर्यटन विधाको प्रवर्द्धन: मोन्टेनरिङ, एग्रो, वेलनेस, एडभेन्चर र हाइ-भ्यालु (High-Value) पर्यटनमा विशेष जोड।

७. क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरण: ‘NATTA Academy’ मार्फत प्राविधिक र डिजिटल तालिम सञ्चालन।

८. संस्थागत पारदर्शिता तथा सदस्य कल्याण: पारदर्शी वित्तीय प्रणाली र सदस्य कल्याणकारी कोष स्थापना।

९. प्रादेशिक विकास तथा हवाई सञ्जाल सुदृढीकरण: प्रादेशिक NATTA च्याप्टर सुदृढीकरण र हवाई सञ्जाल विस्तार।

१०. समावेशी नेतृत्व तथा दिगो पर्यटन: महिला, युवा र साना व्यवसायीको समान सहभागिता र दिगो पर्यटन अवधारणा।

११. सबल संस्था, व्यवस्थित व्यवसाय, उज्ज्वल पर्यटन भविष्य: नाट्टालाई थप उत्तरदायी, आधुनिक र प्रभावकारी संस्थाका रूपमा विकास।

१२. IATA तथा टिकटिङ सुधार: Capping Policy सुधार, ADM (Agency Debit Memo) नियमन र ‘One Tax System’ लागू गर्न पहल। ​

यसमा तपाइको मत

अन्य समाचार