नेपाली कम्युनिष्ट पार्टी दाङले टुङ्ग्यायाे पालिका समितिको जिम्मेवारी, चाैधरी बने तुलसीपुरकाे इन्चार्ज

घाेराही २६ साउन । नेपाली कम्युनिष्ट पाटी(नेकपा) दाङले जिल्लाका क्षेत्रीय समिति र पालिका समितिको जिम्मेवारी बाँडफाँड गरेको छ ।

नेकपा जिल्ला पार्टी कार्यालयको गत साउन १४ गते बसेको बैठकले गरेको निर्णय अनुसार जिल्लाका सम्पूर्ण पालिका समिति र क्षेत्रीय समितिको जिम्मेवारी बाँडफाँड गरिएको हो ।

उक्त निर्णय कार्यान्वयनका लागी हिजो सोमबार मात्रै जिल्लाका दशवटै पालिकाका ईन्चार्ज, सहईन्चार्ज, संयोजक ,सहसंयोजक र तिनवटै क्षेत्रीय समितिका ईन्चार्ज र संयोजकलाई पत्राचार गरिएको छ ।
तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पाटी लगाएतका दलहरु बिच एकता गरेर नेपाली कम्युनिष्ट पाटी (नेकपा) बनेको थियो ।

तुलसीपुरको ईन्चार्जमा खुशीराम चौधरी
नेपाली कम्युनिष्ट पाटी-नेकपा) दाङले दशवटै पालिका समितिको ईन्चार्ज, सहईन्चार्ज, संयोजक र सहसंयोजक तोकेको छ ।

जसमा तुलसीपुर नगरको ईन्चार्जमा खुशीराम चौधरीलाई तोकेको छ । चौधरी यस अघि तत्कालिन नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटिको अध्यक्ष भएर काम गरी सक्नु भएको छ । उहाँ अहिले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को वडाअध्यक्ष हुनुहुन्छ ।

यस्तै सहईन्चार्जमा मीना बुढा, भिमबहादुर डाँगी, तारा देवकोटा, पिताम्बर आचार्य, मोहन थापा र तिलक साहुलाई तोकिएको छ ।

यस्तै बैठकले पालिका समितिको संयोजक र सहसंयोजक पनि तोकेको छ । जसमा संयोजक जगदिश देवकोटा र सहसंयोजकमा शसिकिरण ढकाल, सुर्दशन विक, डीला परियार र ईश्वरा बुढालाई जिम्मेवारी दिइएको छ ।

साथै बैठकले आउँदो भदौ ५ गते भित्र पालिका समिति तथा वडा समितिको बैठक सम्पन्न गर्ने, भदौ १५ गते भित्र सदस्यता नवीकरण गर्ने र भदौ १५ गतेदेिख २५ गते सम्म वडा समितिको अधिवेशन सम्पन्न गर्ने र भदौ २५ गते देखि मसान्त सम्म पालिका अधिवेशन लगायतका निर्णय गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार