जेनजी अभियन्ता मिराजलाई पक्राउको चर्चा : भने-आजकल देश राति मात्रै बन्दोरहेछ
२०८३ कार्तिक ३
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले आफू र अन्य केही जेनजी साथीहरूलाई मध्यरातमा पक्राउ गर्ने खबर आएको भन्दै सरकारको आलोचना गरेका छन् ।
उनले आफूले तेस्रो ध्रुव र जनविद्रोहपछि आवश्यक वास्तविक वैकल्पिक शक्तिको वकालत दसैँपछि गर्ने बताउँदै पक्राउ गर्नुपरे पनि दिउँसो गर्न सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै ढुंगानाले सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गरेका हुन् ।
उनले लेखेका छन्, ‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ । म तेस्रो ध्रुव र यो जनविद्रोहपछि चाहिएको वास्तविक वैकल्पिक शक्तिको वकालत दसैँपछि गर्छु, गिरफ्तार पनि दिनमा दिउँसो परेर दसैँपछि गर्नुहोला सरकारलाई मेरो आग्रह ।
उनले देशमा रातिको समयमा मात्रै गतिविधि हुने गरेको भन्दै सरकारमाथि कटाक्षसमेत गरेका छन् । आजकल देश राति मात्रै बन्दो रहेछ, के गर्नु होला !’ उनले लेखेका छन् ।
