नेकपाले भोलिदेखि जागरण अभियान सुरु गर्ने

२०८३ कार्तिक ६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भोलि ७ गते शनिबार देखि दुई महिने राष्ट्रिय जागरण अभियन सुरु गर्ने भएको छ ।
सरकारको कार्यशैली ठीक नभएको बताउँदै आएको नेकपाले सरकार बनेको केही महिनादेखि नै दसैँपछि आन्दोलनमा जाने बताएको थियो । उक्त घोषणालाई मूर्तरूप दिने गरी नेकपाले भोलिदेखि जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानको  उद्घाटन कार्यक्रम दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । अभियान संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उद्घाटन गर्ने नेकपाले जनाएको छ ।

यसमा तपाइको मत