सात महिनामामात्रै १७ अरबको चामल नेपाल भित्रियो

चीन, थाइल्याण्ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ

काठमाडौं, १४ चैत
आफ्नो देशको उत्पादनले माग धान्न नसक्नु र खानेबानीमा परिवर्तन आउन नसक्नुका कारण नेपालले बर्सेनि अरबौंको चामल आयात गर्ने गर्छ ।

कृषि प्रधान मुलुक भनिएपनि पछिल्लो ७ महिनामा मात्र नेपालले १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ ।
चामल आयातको ग्राफ बढ्दै गएको छ ।

यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको चामल आयात भएको समाचारमा जनाइएको छ ।
अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले चामल आयात बढेको छ ।

गत वर्षको सोही अवधिमा १४ अर्ब ३५ करोड ३७ लाख ९३ हजार रुपैयाँको चामल आयात भएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले स्वदेशमै उत्पादनको सम्भावना भएको तर वस्तुको पर्याप्त उत्पादन नुहँदा आयात गर्नुपरेको बताए।

छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै चामल आयात हुने गर्छ ।

चीन, थाइल्याण्ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ ।

खानेपानमा आएको परिवर्तनका कारणले गर्दा पनि चामल आयात बढ्दै गएको कृषि विज्ञहरुको भनाइ छ ।

यसमा तपाइको मत

अन्य समाचार