दाङ, पुस ३
एउटा बंगुरको खुट्टामा ठूलै घाउ छ । उफ्रेर खोर नाघ्दा चोट लागेको पालक बीरबहादुर चौधरी (परिवर्तन) ले जानकारी दिए । चारबर्ष अघि देखि घोराही ७ गैरागाउँमा बंगुर पाल्न थालेका चौधरीले आफ्नो थोरै लगानीले व्यवस्थित खोर बनाउन नसकिएको बताउँछन् ।
अहिले खोरमा २ वटा माउ बंगुर छन् । दुईवटा बेलन(भाले बंगुर) पालिएको छ । तीनलाई २ वटा पक्की र ३ वटा बाँसले बारेका खोरमा राखिएको छ ।
बाँस कुहिएर भाँचिने अवस्थाका छन् । ठूला बंगुरले धकेल्ने हो भने च¥यापै भाँचिने खतरा छ । जुनसुकै समयमा बंगुर भाग्न सक्छन् । केही महिना अघि ६५ वटा पाठा बेचेको उनले जानकारी दिए । बाँकी ३ वटा पाठा छन् ।
कक्षा आठमा पढ्दा पढ्दै किशोर अवस्थाका उनी माओवादी जनयुद्धमा सामेल भए । चौधरी माओवादी जनयुद्धको छापामार बने । युद्धबारे थाहै नपाउँँदै जनयुद्धको प्रभावका कारण हिड्नु परेको चौधरीको भनाई छ ।
उनी भन्छन् पढाई छुट्यो, घरबाट निस्केको ७ वर्षजति त पार्टीकै काममा बित्यो । न्यूरोडमा नाला खनेको, रोडवेल्टमा वाईसिएल बनेर बिरुवा रोपेको भर्खरै जस्तो लाग्छ । पुरन्धारा, तुलसीपुर नारयाणपुर गैह«ागाउँका सेल्टरमा बसेको सम्झाना छ । त्यसपछि सहकारीको बंगुर पालनमा जोडिए उनी र तरकारी खेती शुरु गरे ।
बंगुर पालन गर्न सहयोग गर्ने र बारीमा तरकारी उब्जाएर खाने गरी सहकारीबाट जिम्मेवारी पाए । त्यसबेला बिहान चारै बजे उठेर तरकारी बेच्न जाने, गोडमेल गर्ने, विषादी छर्किने, मलपानी मिलाउने धेरै तल्लीन छन् हाल उनी । तीनबर्ष त्यसरी नै सहकारीमा बित्यो ।
तर पनि युद्ध सकिएपछि सबै आफ्नो उपाएमा लागे । चौधरीलाई तरकारी खेती गर्ने मनसाय भयो । बारीको घाँस पात खाने र मल दिने उपाए भने बंगुर पालन गर्नैपर्ने बाध्यता आयोे । त्यसैले चारवटा बंगुर ल्याएर पाल्न शुरु गरे ।

लेखक
आफ्नै जमिनमा तरकारी खेती र बंगुर पालन शुरु भयो । श्रीमती सीताले उनलाई भरपुर साथ दिइन । हेकुलीको पुर्खेउली जग्गा बेचेर तीन कट्ठा जग्गा किने । यति गर्दा सम्म पनि बंगुरपालन पेशा सहायक नै थियो ।
जब बंगुर चाँडै हुर्किए र बच्चा दिन थाले । एक पटकमा एउटाले १५ वटासम्म बच्चा पाउन थाल्यो । सरदर १० वटा बच्चा बचाउन सकियो । बर्षमा दुई बेत(पटक) बच्चा दिन थाल्यो । एउटा पाठाको मूल्य पाँचहजार पर्न गयो ।
बिस्तारै उनलाई छिटै कमाई हुने पेशा बंगुर पालन नै लाग्यो । चारबर्ष पुग्दा माउ मात्रै २८ वटा भइसके । एकबर्षमा कम्तीमा पाँच सय ६० वटा पाठा बेच्न सकिन्छ । सबै पाठा एकै पटक उठाउने गरी व्यापारीहरु खोरमै पुग्छन् । अब भने तरकारी खेती छोडेर बंगुर पालनमा केन्द्रित छन उनी ।
लामो समय जनयुद्धमा बिताएका यति गर्दा स्याबासी पाउनु पर्ने हो । त्यसबेलाका नेता तथा कमाण्डरहरुले भेटेर उर्जा दिनु पर्ने तर त्यो कुराको अभाव छ । सहर पसेको भएर होला नेताहरु देखिँदै देखिँदैनन् ।
उनका अनुसार विद्यालयबाट युद्धमा तानेर छापामार बनाउनेहरुले हेर्न आएर ठिक छ भने मात्रै पनि धेरै हौसला हुन्थ्यो । उनी भन्छन्, त्यसवेलाका नेता तथा कमाण्डरलाई वास्तै छैन । सरकारी संरचना पनि निकै अल्छी छन् ।
बंगुरलाई समयमा सुई लगाउ नै गइदिन्नन् । रोग लागिहाल्यो भने बचाउन मुश्किल हुन्छ । खोरेतको खोप दिन गएका प्राविधिकहरु खोरभित्र पस्नै डराउँछन् । त्यसैले आफैले खोप लगाउन सिकेका छन् उनले ।
घर छोडेर बस्न सक्ने क्षमताको विकास जनयुद्धले गरायो । त्यसकारण चौधरीलाई ग्लानी छैन । जिल्लाको हेंकुलीको पुर्खेउली सम्पती बेचेर घोराही बस्ने आँट युद्धमा लागेको दशबर्षको कमाई हो । विधिवत रुपमा परिवर्तन कृषि तथा बंगुर फर्म दर्ता गरेरै पेशामा डट्न पनि सिकायो ।
गाई, भैसी, कुखुरा पाल्नु भन्दा सीतालाई बंगुरमा सजिलो लाग्छ । बुढाबुढीले मात्रै धान्न नसकेर दुईजना सहयोगी अरु पनि छन् । सबै लागेर खोर सफा गर्छन् । बिहान साँझ दाना हाल्न सहयोग गर्छन् । चौधरीले अहिले १० कठ्ठा बारी भाडामा लिएर घाँस खेती पनि गरेका छन् ।
त्यही घाँस काटेर बंगुरलाई हाल्दीने हो । बजारको दाना लगेर खुवाउने हो । ब्याउने बेला बच्चा जोगाउन राति राति बस्नु पर्ने बाहेक बंगुर पालनमा उनलाई अरु दुःख छैन । बंगुरको नजिक बस्तिको पुछारमा रहेकाले फोहर र दुर्गन्ध फैलिन्न ।
सबै हिसाबले बंगुर पाल्न रमाईलो छ तर, सरकारले खोर मरमतमा मात्रै सहयोग गरेपनि बाँसका घारा हटाईन्थ्यो । सुरक्षित साथ बंगुर पालन गरिन्थ्यो भन्ने चौधरी परिवारलाई लागेको छ ।




