घोराही, ३ पुस ।
चिउरीमा राखेको माहुरीबाट तीन पटक मह निकाल्न सकियो । तोरीमा बसालेको माहुरीको दुईपटक मह काढियो । यस साल घोराहीका मदन न्यौपानेलाई चिउरीको मह उत्पादनमा निकै राम्रो लाग्योे ।
हरेक बर्ष गिठेपानीमा माहुरी चराउने लैजान हानथाप हुन्छ ।
कालिका सामुदायिक वन उपभोक्ता समुहसँग सम्झौता गरी आन्तरिकलाई प्रोत्साहन दिनका लागि जिल्ला बाहिरका माहुरी ल्याउन नदिने नियम छ । नेपाल माहुरीपालक व्यवसायी संघ धोराहीका उपाध्यक्ष समेत रहेका न्यौपानेका अनुसार हजार घार भन्दा बढिको संख्यामा चरण पुग्दैन । त्यसकै सेरोफेरोमा व्यवसायीले माहुरी लैजान्छन् । यस पट प्रति घार १५ देखि २५ किलोसम्म मह उत्पादन भयो ।
गतसाल भन्दा यसपटक मह उत्पादन बढेको छ । त्यसको कारण चिउरीमा साल बिराएर आउने रस प्रमुख हुनसक्ने न्यौपानेले अनुमान छ । त्यस बाहेक असारबाटै चिउरी फूलन शुरु भयो । जेठ महिना देखि अहिलेसम्म पनि चिउरी फूल्दैछ ।
हिउँदमा पानी परेन । त्यसले गर्दा फुलमा रस रह्यो । माहुरीले सजिलै ओसार्न पाए । तोरी खेति समयमै भयो । तोरीमा कुट बढि हुन्छ, तातो मौसममा चल्ला बढी निकाल्न मद्धत पुग्छ त्यसले वातावरण बनायो । जसका माहुरी बलिया थिए । तीनले बेसरी रस संकलन गरे । मह उत्पादन सोंचे जति भयो ।
यस पटक कृष्णबहादुर डाँगीले सोचेजति मह उत्पादन गर्न नसकिएको बताए । त्यसको कारण रस नभएर होईन । माहुरीले उचित स्याहार नपाउँदा रस ओसार्न नसक्ने कमजोर हुनु हो । उहाँका अनुसार साउन भदौमा भारी बर्षात हुँदा माहुरीलाई खानकी कम हुन्छ । माहुरीले समयमा चिनी खुवाउने लगाएत हेरचाह बढी खोज्छ । त्यसैबेला ध्यान दिन सकिएन ।
राप्ती शिक्षा क्याम्पसका लेक्चर डाँगी व्यस्त हुँदा स्याहार्न जाने समय अपुग भयो । रुघा लागेर भुईभरी माहुरी लत्रिँदा बोजोमिन हालेर उपचार गर्ने, कुटको अभाव हुँदा चारोको व्यवस्था गर्ने, घार वरीपरीको घाँसपात हटाएर कमिला उक्लिन नदिने काम गरिएको थियो । अरु सबै ध्यान दिएपनि दुईतीन हप्ताको लामो समय हेरचाह गर्न नपुग्नाले घाटा व्यहोर्नुपयो ।
भर्खरै माहुरी पालनतीर आकर्षित भएका घोराही १८ खरकट्टीका दिनेश वली यस पटकको मह उत्पादनले उत्साहीत छन् । उनका अनुसार चार घारबाट तीन पटक मह निकाल्दा झन्डै एक क्वीन्टल मह निस्कियो । माहुरी पालनलाई पेशा बनाउने रहर जागेको छ ।
चरण क्षेत्रकै लोभले राधीका नेपाली नेतृत्वको महिला समूहले रिजम एफपिबाट दुईसय घार माहुरी अनुदान पाएको छ । त्यसमा वलीले श्रीमतीलाई पनि सदस्य बनाएका छन् । त्यहाँबाट पनि पेशालाई मद्धत पुगेको छ । अन्त कतै पाएसम्म घार थप्ने सोँच बनाएका छन्् ।
लामो समयदेखि माहुरी पाल्दै आएका स्थानीय युगराज पोख्रेलले घार बढाउने कामलाई प्राथमिकता दिएका छन । उनका अनुसार यसपटकको सिजनमा हप्तै पिच्छे जसो मह निकाले । हरेक पटकमा उत्तिकै मह निस्कियो । यस्तै मह उत्पादनबाट महाविर वि कन्सर्न घोराहीका शेरबहादुर गिरी पनि सन्तुष्ट छन् । उनले एउटा घारबाट १५ देखि २५ किलोसम्म मह उत्पादन भएको बताए ।
मह ठिकै ठिकै छ उनले थपे łसन्तोस छ । उनका अनुसार तीन बर्ष अघि एक पटक मात्रै मह निकालिएको थियो । गत बर्ष बढीमा दुईपटक मह निकाल्नेहरुले अहिले तिन पटक सबैजसोको मा मह आएको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100
महासंघका अनुसार तीनवर्ष अघि आठसय घार चरणमा राख्दा एक पटक पनि राम्रो मह निकाल्न सकिएको थिएन । अहिले एक हजार एकसय बढी माहुरी राख्दा पनि प्रशस्तै मह आयो । स्थानीयले पालेका माहुरीको गणना नै हुँदैन । त्यसो गर्दा पनि चरणमा खास्सै प्रभाव देखिएन । चिसोले चिउरीको मह जाम लाग्ने र माहुरीले तान्न नसक्ने भएकाले मात्रै गिठेपानीबाट माहुरी उठाईएको हो । नत्र अझै पनि केही दिनलाई पुग्ने गरी चिउरी फुलेका छन् ।
घोराही काठेकोहलमा शिवशक्ति वि कन्सर्नले मेशिनबाट मह प्रसोधन गर्ने, त्यसलाई प्याक गर्ने र लेवल लगाउने काम गर्छ । मेसिन सञ्चालनमा आएपछि जति उत्पादन भएपनि मह कता बेच्ने भन्ने चिन्ता टरेको छ । एक पटकमा एक टन प्रशोधन क्षमताको मेशिन रहेको शिवशक्ति बी कन्सर्न घोराहीका सञ्चालक विष्णुराज श्रेष्ठले जानकारी दिए ।
बार्षिक ९० मेट्रिकटन बढी प्रशोधन हुने मेसिन चितवन देखि पश्चिमको सबै भन्दा ठूलो मानिएको छ । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको मह प्रशोधन उप आयोजनाले ६५ प्रतिशत अनुदान दिएको दिएको थियो । महलाई उचित तापक्रममा राख्न एसि सहितको ४० टन क्षमताका र्याक रहेको भण्डार कोठा छ । भण्डारणको लागि पनी समस्या छैन ।




