खबरदारः नेपाली किसानहरुलाई हतोत्साहित गरी विदेशी खाद्यान्न नल्याइयोस

संकल्प न्यूजडेस्क

नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) रुपन्देहीले प्रमुख जिल्ला अधिकारीमार्फत कृषि मन्त्रालयमा आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष सोमनाथ शर्माको अगुवाईमा बुझाइएको ४१ बुँदे ज्ञापनपत्रमा सरकारले पछिल्लो समय किसानहरुलाई दिने सहुलियतमा कमी गरेको र किसानहरुलाई हतोत्साहित गरी भारतीय आयातलाई प्रोत्साहित गर्दा किसानहरु मर्कामा परेको बताइएको छ ।

विज्ञप्तिमा किसानहरु नेपालमै खाद्यान्न उत्पादन गर्छन तर भारतीय बजारबाट ल्याएर नेपालमा उपभोग हुने उल्लेख गर्दै तत्काल भारतबाट ल्याउन रोक्न र अवैधढंगबाट नेपाल भित्रने वस्तुलाई प्रतिवन्ध लगाउन माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले ज्ञापनपत्र कृषि मन्त्रीलाई पुयाउने प्रतिबद्धता व्यक्त गरे ।

ज्ञापन पत्र बुझ्दै उनले किसानहरुको लागि मलखाद, उत्पादनलाई प्रोत्साहित गराउन दिइएको दबाबमुलक ज्ञापनपत्रप्रति सकारात्मक रहेको बताए ।

यसमा तपाइको मत

अन्य समाचार