धादिङमा श्रीमती पीडित पुरुषको संख्या बढ्दो, ६३ पुरुषले गरे सम्बन्धबिच्छेदका लागि मुद्धा दर्ता

नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध विच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदातल धाउन थालेका हुन्

संकल्प न्यूजडेस्क

धादिङ । श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय धादिङमा भने श्रीमती पीडित पुरुषहरु पनि न्यायका लागि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।
पुरुषहरु श्रीमतिबाट पीडित भएको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन अदालत जान थालेका हुन् । विशेषगरी बैदेशिक रोजगारमा रहेका श्रीमान श्रीमतीबाट पीडित भएको भन्दै न्यायकोे बाटो खोज्दै आदालत पुग्ने गरेका छन् ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेदका १ सय ८२ मुद्दा दर्ता भएकोमा १ सय १९ महिला र ६३ जना पुरुष रहेका छन् । नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध विच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदातल धाउन थालेका हुन् ।

भदौ १ गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ । माघ मसान्तसम्म दर्ता भएको १ सय ८२ सम्बन्ध विच्छेदका मुद्दामध्ये ८८ मुद्दा फछ्र्यौट भइसकेको जिल्ला अदालत धादिङका श्रेस्तेदार नवराज दंगालले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार