वाशिङटन । सामाजिक सञ्जालमा जे पायो त्यही सामाग्री राख्दा फन्दामा पर्नुहोला होस पुर्याउनुस है । अमेरिकाजस्तो शिक्षित देशमा सोत यस्तो घटना भएको छ । अमेरिकाको जुजिआनाको एक विद्यालयमा स्कुले बच्चाहरु झगडा गरेको भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा एक महिला पक्राउ परेपछि यी र यस्ता घटनामा ख्याल गर्नुपर्ने भएको छ ।
माइगन अदकिन्स नामकी ३२ वर्षिया ती महिलालले आपराधिक गतिविधि सामाजिक सञ्जालमा प्रस्तुत गरेको भनेर प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयमा दुई किशोरबीच भएको झगडाको भिडियो खिचेर उनका छोराले आमालाई दिएका थिए । त्यसपछि आमाले सामाजिक सञ्जालमा प्रस्तुत गरेकी हुन् । आपराधिक गतिविधिलाई प्रोत्साहन गरेको अभियोगमा उनलाई ५ सय डलर जरिवाना वा ६ महिना जेल वा दुवै सजाय हुन सक्ने बताइएको छ । प्रहरीले वक्तव्य जारी गरी यसप्रकारको गतिविधि नगर्न आग्रह गरेको छ ।




