आर्थिक वृद्धिका साथै अन्य क्षेत्रमा पनि विश्व भरी नै साम्राज्य फैलाउन चाहने भएका कारण अमेरिका विश्वशक्तिकारुपमा उदाएको हो । तर पछिल्लोचरणमा उसको शक्ति ह्रासहुँदै गएाको छ । आर्थिक तथा अन्य धेरै हिसावले चीन सम्पन्नहुँदै उदाएपछि अमेरिका कमजोर बन्दै गएको हो । यता अरु धेरैकुरामा जस्तै विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगमापनि चीनले अमेरिकालाई पछि पारेको समाचार छ ।
विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा थियो तर यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् ।
सन् २०११ मा अमेरिकामा चीनभन्दा दोब्बरले विद्युतीय सवारीसाधन गुड्ने गर्थे तर सन् २०१४ पछि चीनमा प्रयोगको दर विश्वमै बढी रहेको पाइएको छ । सन् २०१८ सम्ममा अमेरिकामा ३ लाख ६१ हजार ३ सय सात र चीनमा १२ लाख ५५ हजार विद्युतीय सवारी गड्दै आएका छन् ।
सन् २०३० मा युरोप लगायत देशले इन्धनका सवारी प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरेका छन् । नेपालले समेत वायु प्रदूषणको दर घटाउन विद्युतीय सवारीसाधनलाई बढावा दिने भने पनि प्राथमिकतामा राखेको छैन । नेपालमा झन विद्यतीय सवारी साधनका कारण धुँवा र धुलो अत्यधिक उत्पादन हुनेगर्छ । त्यसको मारमा उपत्यकावासी नै बढीि पर्ने गरेका छन् । सवारी प्रयोगको नीति, मापदण्ड र पूर्वाधार निर्माणमा राज्यले चासो नदिँदा प्राथमिकतामा पर्न नसकेको हो । राष्ट्रिय योजना आयोगले सरकारलाई तत्काल वातावरणमैत्री यातायात नीति ल्याएर विद्युतीय सवारीसाधनको प्रयोग बढाउन निर्देशन दिइसकेको छ ।




