विद्यार्थी लुटिने, माफिया पोस्ने निर्णय तत्काल खारेज गरः क्रान्तिकारी

क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालय मातहतका क्याम्पस र नियमित अध्ययनरत विद्यार्थीहरुको मात्रै परिक्षा लिने भनि गरेको निर्णयको विरोध गरेको छ । सो संगठनले नियमित र पुनःपरिक्षावाला गरी समानरुपमा सबैले परिक्षा दिने वातावरण मिलाउन पनि माग गरेको छ ।

आज काठमाडौंमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको शाखामा गई धर्ना दिई विद्यार्थी नेताहरुले यस्तो माग गरेका हुन् । धर्ना कार्यक्रममा बोल्दै सो संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले यस्तो विभेदकारी निर्णय तुरुन्तै खारेज गरी समानताको आधारमा परिक्षा लिई सबै विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्न माग जोडदार माग गरे ।

उनले सबै विद्यार्थीहरुले परिक्षा दिन पाउने विगतको परम्परालाई तोडेर केही शैक्षिक माफियाको चंगुलमा परेर यस्तो विभेदकारी निर्णय गरिएको दावी पनि गरे । उनले त्रिविको प्राज्ञिक परिषदले गरेको सो निर्णयलाई तत्काल खारेज गर्न माग गर्दै सबै विद्यार्थी संगठन र सम्बन्धित पक्ष बसेर अर्को निर्णय गर्नुपर्ने उनले माग गरे ।

उनले विश्वविद्यालयले गलत तरिकाले पैसा उठाउने माफियालाई सजिलो हुनेगरी गरिएको यो निर्णय तत्काल खारेज नगरे आफूहरु विद्यार्थी उठाएर जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने चेतावनी दिए । अध्यक्ष गजुरेलले सरकारले सबै जनताको पिसिआर परिक्षण गर्नुपर्ने धारणा पनि राखे । उनले कोरोना कहरमाको मारमा परेका जनतालाई बाँच्ने आधार नदिने ओली सरकारले राजिनामा दिनुपर्ने माग पनि गरे ।

यसमा तपाइको मत

अन्य समाचार