बिद्रोही नेकपा निकट रहेको अखिल क्रान्तीकारी CTEVT उपत्यका जिल्ला समितिले प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद(CTEVT)लाई मागपत्र बुझाएको छ।
CTEVT द्दारा पढाई हुने डिप्लोमा र प्री-डिप्लोमाका कार्यक्रमहरुमा शैक्षिक सत्र २०७७/७८ का लागी आब्हान गरिएको वर्गीकृत तथा पुर्णतर्फ़को छात्रब्रिद्धिको लागि आवेदन माग गरिएको समय कोरोना भाईरस महामारीले गर्दा कम भएकोले उचित समय थप गर्न भनेर क्रान्तिकारीले प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदका सदस्यसचिव लाइ मागपत्र बुझाएको छ।
क्रान्तीकारीले CTEVTका सदस्य सचिव पुस्प रमण वाग्ले लाइ बुझाएको ३बुदे मागपत्रमा ‘कोरोना महामारीको प्रतिकूल अबस्था र फाराम पद्दती परिवर्तन पछि सुबिधाको पहुच नपुगेका कारण प्राबिधिक शिक्षा पढ्न चाहेका बिद्दार्थीहरु समेत बन्चित हुने हुँदा आवेदन फारामको लागी उचित समय थप गरि देशैभरिका धेरै भन्दा धेरै बिद्दार्थीहरुलाई प्रतिस्पर्धामा संलग्न हुने वाताबरणको निर्माण गरियोस’भनिएको छ।
त्यस्तै मागपत्रको अर्को बुदामा राष्ट्रिय चिकित्सा शिक्षा आयोग ऐन २०७५ अनुसार फ़ेजआउट गरिएका स्वास्थ्य तर्फका टि एस एल सी तहका कार्यक्रमको ग्रेड वृद्धि गरि आंगिक तथा साझेदारी शिक्षण सस्थाहरुमा डिप्लोमा कार्यक्रमको अनुमती पाएका कार्यक्रमहरुलाई यहि शैक्षिक सत्रबाट प्रवेश परिक्षा तथा भर्ना प्रक्रियाको अनुमती दिईयोस।
क्रान्तिकारीका CTEVT उपत्यका जिल्ला समितीका संयोजक डी बी चन्दले बताए अनुसार मागपत्रको तेस्रो बुदामा CTEVT द्दारा प्रदान गरिने प्राविधिक शिक्षालाई सरकारी र सामुदायिक बिद्दालयमा अध्ययन गरेका न्यून तथा मध्यम वर्गीय बिद्धार्थीहरुको पहुचमा पुर्याउने ग्यारेन्टी गरियोस भनेर माग गरिएको छ।





