अक्टोबर १ : आज चिनियाँ जनमुक्ति सेनाले सत्ता कब्जा गरेको दिन

काठमाडौं । आज १ अक्टोबर । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक र अविस्मरणीय दिन । आज चीनमा माओको अगुवाईमा जनताले सत्ता कब्जा गरेको दिन हो । यसलाई विश्वका समस्त श्रमजीवी जनसमुदाय तथा उत्पीडित राष्ट्रहरुका लागि एक प्रेरणादायी दिन हो भन्न पनि सकिन्छ ।

किन भने आजकै दिन सन् १९४९ अक्टोबर १ का दिन विश्व सर्वहारा वर्गका नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको र चिनियाँ कम्युनिस्ट पार्टीको पहल र नेतृत्वमा २८ वर्षको लामो सशस्त्र जनयुद्धको प्रक्रियाबाट चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो ।

यसै सन्दर्भमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले चिनयाँ जनवादी क्रान्ति सफल भएको आजको दिनमा चीनमा भएका सम्पूर्ण कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ । केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै यस्तो ऐक्यवद्धता जनाएको हो ।

अध्यक्ष हस्तबहादुर केसीद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ,‘आजकै दिन अर्थात् १ अक्टोबर १९४९ मा साम्राज्यवाद र सामन्तवादका दुई ठूला अजंगका पहाडहरुलाई ध्वस्त पारेर कमरेड माओ त्सेतुङद्वारा राजधानीस्थित तियनमेन चोकमा विशाल जनसागरका बीचमा जनवादी गणतन्त्र चीनको घोषणा गरिएको दिन हो । आजकै दिन विशाल देश चीन एक स्वाधीन राष्ट्रको रुपमा घोषणा भएको दिन हो ।अक्टोबर १ : आज चिनियाँ जनमुक्ति सेनाले सत्ता कब्जा गरेको दिनing

आजको दिन महान् चिनियाँ जनता साम्राज्यवाद र सामन्तवादको पञ्जाबाट र त्यसको शोषण, दमन र उत्पीडनबाट मुक्त भएको दिन हो । त्यसैले आजको दिनलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा विश्वभर क्रियाशील कम्युनिस्ट पार्टीहरु, विश्व सर्वहारा वर्ग र उत्पीडित एवं श्रमजीवी जनसमुदायले एक ऐतिहासिक दिन तथा प्रेरणादाायी दिनका रुपमा लिदै आएका छन् ।’

‘चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएको १ अक्टोबर १९४९ को ऐतिहासिक दिनको स्मरण र त्यसको ऐतिहासिकताप्रति उच्च सम्मान गर्दै चिनियाँ जनता, चिनियाँ कम्युनिस्ट पार्टीप्रति उच्च सम्मान प्रकट गर्दै विश्व सर्वहारा वर्ग तथा समस्त श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदाय राष्ट्रहरुले चिनियाँ जनवादी क्रान्तिको सफलता र त्यसको विकासप्रति जाहेर गर्दै आएको सम्मान र शुभकामना प्रति हाम्रो अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दै स्मरण गर्न चाहन्छ ।
कस्तो छ आजको चीन ?

जनवादी गणतन्त्र चीन पूर्वी एसियामा अवस्थित देश हो । आर्थिक, राजनीतिक हिसाबले यो देश सशक्त बन्दै छ । यसको जनसंख्या १.३ अरब छ । क्यानडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल भएको देश हो चीन । पश्चिममा ताजिकिस्तान, किर्गिस्तान, र कजाखिस्तान । उत्तरपूर्वमा जापान र दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजिकै छन् ।

नेपालको उत्तरको छिमेकी र अत्यन्त घनिष्ट मित्र देश पनि हो । यस देशलाई जनवादी गणतन्त्र चीन भनिन्छ । कम्युनिस्टहरूको विजयसँगै भागेर ताइवान टापुमा पुगेका कुवोमिन्ताङलाई पश्चिमा विश्वले सहयोग गरिरहेका छन् र चीनका विरुद्ध पश्चिमाहरुले विभिन्न शक्तिहरुलाई प्रयोग गरिरहेका छन् ।

चीन आज जुन स्तरको आर्थिक विकासको प्रगतिमा रहेको छ, त्यसको मुख्य कारण त्यहाँ भएको क्रान्ति नै हो । चीनलाई स्वदेशी सामन्तहरु र जापानी हस्तक्षेपकारीहरुबाट नजोगाएको भए आजको चीन आजको अवस्थामा आउने थिएन । किन कि जापानले चीनबाट लामो समयदेखि चीनलाई लुटरहेको थियो ।

त्यहाँ रहेका खनिज, युवाशक्ति तथा विविध वस्तुहरु जापनले चीनबाट सस्तोमा लगिरहेको थियो । माओको अगुवाईमा त्यहाँको सामन्ती शाषक र जापानीहरुलाई सत्ताबाट हटाएपछि मात्रै चीनले आत्मनिर्भर बन्नेतिरको बाटो समाएको हो । विदेशीलाई आफ्नो देशबाट लखेट्नुले मात्रै चीन सम्पन्नतातिरको बाटोमा गएको होइन, त्यसमा मूख्य कारण चाहिँ देश बनाउने परिकल्पना भएको नेतृत्व हुनु नै हो ।

हो अहिलेको चीन हिजोको माओले बनाएको नीति मानेर सत्ता चलाइरहेको चीन त होइन वा आजको चीन पुँजीवादी भइसकेको छ तर अमेरिका र युरोप जस्ता आफूलाई सम्पन्न भनेर घमण्ड गर्नेहरुका लागि भने आज चीन साँच्चै चुनौती भएको छ । माओले जग बसालिदिएको आर्थिक र राजनीतिक आधारबाट नै आजको चीन प्रगतितिरको बाटोमा लम्केको हो ।

 

यसमा तपाइको मत

अन्य समाचार