काठमाडौं । अनुसन्धानकर्ता, शिक्षक, लेखक एवम् सम्पादक राम घिसिङको ‘भाषण कला’ पुस्तक सार्वजनिक भएको छ ।
यस पुस्तकमा १३ वटा शिर्षकमा भाषण कलामा आवश्यक पर्ने विषयवस्तु समावेश गरिएको छ । पुस्तकले भाषणकलाको सौद्वान्तिक अध्ययन र व्यवहारिक अभ्यास गर्दा उत्सुक जोसुकै व्यक्तिलाई पनि एक सफल वक्ता बन्न मद्दत पुग्ने लेखक घिसिङले दावी गरे ।
मञ्चमा आफ्नो अभिव्यक्ति राख्न दराउनेहरूलाई विशेष काम लाग्ने यस पुस्तकको माध्यमबाट कुशल वक्ता लगायत व्यक्तित्व विकासमा समेत बहुउपयोगीका साथै यस पुस्तकमा भाषणको तयारी शिर्षकमा भाषण लेखन उपशिर्षकमा ‘मेरो एउटा मार्गचित्र’ भाषणका साथै नेपालीलाई स्वाधीन, समृद्ध, स्वच्छ र शक्तिशाली राष्ट्र कसरी बनाउन सकिन्छ जस्ता भाषणहरु शिर्षकमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट भाषण समावेश गरिएको छ
यसअघि घिसिङले पहिलो कृति ‘तामाङ साहित्यको सर्वेक्षण’ ९२०७१० मा प्रकाशनमा ल्याएका थिए । अनुसन्धानात्मक सो कृतिले पाठक माझ राम्रो प्रभाव पार्न सफल भएको थियो ।
चार सय पचास मूल्यमा पाइने भाषणकला पुस्तक न्यू होराइजन पब्लिसर एन्ड डिस्ट्रिब्युटरले बजार ल्याएको रहेको छ ।




