केही राम्रा काम गरेर चर्चामा आइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नयाँ विवादमा मुछिएका छन् ।
कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग मन्त्री आले तल्लो स्तरको गालीगलौजमा उत्रिएका हुन् । मन्त्री र ती युवकबीच भएको कुराकानीको दुई मिनेट २५ सेकेन्डको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।
भिडियोमा ती युवकलाई किन जथाभावी टिप्पणी गरेको भन्दै मन्त्रीले पटकपटक अपशब्द प्रयोग गरेको प्रष्टै सुन्न सकिन्छ ।
मन्त्री आले सोध्छन्,‘कहाँ हुनुहुन्छ तपाईं ?’
युवकको तत्कालै जवाफ आउँछ,‘म इन्डियातिर छु ।’
मन्त्री फेरि प्रश्न गर्छन्, ‘तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेखेको त्यस्तो ?’
आफ्नो लेखाइप्रति उत्तरदायित्व नलिने युवकको गैह्रजिम्मेवार जवाफ हुन्छ, ‘हैन हजुर, हामीले पनि यस्तो आश गरेका थिएनौं, के गर्नु?’
आले फेरि प्रश्न गर्छन्,‘कस्तो आश ?’
युवक भन्छन्, ‘तपाईंबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के ’
त्यसपछि मन्त्री आले आक्रोशित हुँदै गालीगलौजसहित युवकलाई ठाउँको ठाउँ उठाउँछु भन्छन् ।
यो घटनाको समाचार आजका मिडिया तथा सामाजिक सञ्जालहरुमा प्रश्स्त देख्न, पढ्न, सुन्न र हेर्न सकिन्छ । यसकाल बारेमा धेरै प्रतिकयाहरु आएका छन् । मन्त्री आलोलाई फसाउन
यसो गरिएको हुनसक्छ भन्ने प्रतिकृया छन् । खासगरी सामाजिक सञ्जालहरुमा उनको विरोध, व्यङ्ग्य तथा कटाक्ष गरिएका छन् । उनको आवाज भनिएको सो भिडियो सरसर्ती सुन्दा मन्त्री आलेले ती युवकलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेका छन् । साँच्चै ती शब्दहरु उनकै हुन् भने उनी आफ्नो इज्जतको सिमा भन्दा निकै टाढा पुगिसकेका छन् ।
उनले ती युवकलाई त्यसरी गाली गर्नुको खास कारण नखुलेको भएपनि केही मिडियामा भने ती युवकले आलेसित ५० लाखको बार्गेनिङ गरेका पाइएको छ । अझैपनि उनीहरु बीचको झगडाको कारण भने खुलिसकेको छैन । तर ‘मन्त्री हुनाका लागि तस्कर गरिरहेको छस्’ भन्ने ती युवकको भनाईले भने यो संवाद हालसालैको हो भन्ने प्रमाण बन्न सक्दैन ।
यसो घटनाले हाम्रो देशका विशिष्ट भनिएका व्यक्तिहरु कस्तो संस्कारमा हुर्किएर आएका हुन् र हाल पनि कस्तो संस्कारमा रमाइरहेका छन् भन्ने स्पष्ट भएको छ ।
उता मन्त्री आलेको सचिवालयले भने मन्त्री हुनुभन्दा अघि नै अनौपचारिक रुपमा कसैसित भएको कुराकानीलाई नियोजितरुपमा प्रचार गरेर आलेको बद्नाम गर्न खोजिएको बताएको छ ।
यस्तो छ सो भिडियो ।




