दलित समुदायबाट पहिलो महिला सिडीयो बनिन् सीता, कुन जिल्लाकी हुन् उनी ?

काठमाडौं । नेपालमा दलित समुदाय सबैभन्दा पिछडिएको समुदय हो । पिछडिएका समुदाय त अरु पनि छन् तर दलित समुदाय पिछडिएको समुदयमध्ये सबै भन्दा धेरै जनसंख्यामा रहेको छ । नेपालको जनसंख्याको झण्डै ६० लाखको संख्यामा रहेका दलितहरुले अधिकारका लागि आन्दोलनमा होमिए ।

जनयुद्धमा लामवद्ध भए । सहिद भए, घाइते र अपाङ्ग भए । ०७२ सालमा लागु भएको नेपालका संविधानमा दलित लगायत सामन्ती सत्ताले दमनमा राखेर सताएका सबै समुदायलाई समावेशीरुपमा राज्यमा अंगहरुमा सहभागि गराउने भन्ने नियम अनुसार लोकतन्त्र आएपछि यसका केही अभ्यासहरु भएका देखिन्छन् ।

तर आन्दोलनको मर्म अनुसार जसरी समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा त्यसो भइनसकेको अवस्था रहेको छ । समाचारहरुमा जनाइए अनुसार दलित समुदायबाट नेपालमा एकजनाले सचिवको जिम्मेवारी पाएका छन् ।

त्यस्तै भर्खरै मात्र एकजना दलित महिला प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी छिन् । गृहमन्त्रालयले बिहीबार साँझ हुम्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेपछि सीता अधिकारी पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी बन्न सफल भएकी हुन् ।

सीताको घर कास्कीको रुपा गाउँपालिका–१ हो । सीता नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारकी श्रीमति समेत हुन् ।

यसअघि उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिसकेकी छिन् । उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी छिन् ।

निजामती सेवामा प्रवेश गरेदेखि जनताको निरन्तर सेवा गर्दै आएकी परियार यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक सिडिओको रुपमा कार्यरत थिइन् ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले परियार आफ्नो समुदायको पहिलो महिला प्रजिअ भएकोमा खुशी व्यक्त गरेका छन् । पोखरेल भन्छन्, ‘अहिलेसम्म दलित समुदायबाट महिला प्रजिअ भएका थिएननन् ।’

प्रशासनिक वरियताका क्रममा प्रजिअ सीता अहिले उप–सचिव हुन् । यसअघि दलित समुदायबाट डा.मानबहादुर विश्वकर्माले सचिव बनेर देश र जनताको सेवा गर्ने मौका पाएका थिए । नेपालमा हालसम्म बाहुन र क्षेत्री समुदायबाट मात्रै झण्डै ९० प्रतिशतको संख्यामा सरकारी कर्मचारी रहेको बताइन्छ ।

तर गणतन्त्र आएपछि भने पिछडिएको समुदायबाट पनि समानुपातिक नै नभएपनि समावेशी रुपमा यसैगरी प्रतिष्पर्धा गराएका पिछडिएका समुदायबाट पनि सहभागिता बढ्दै जानेछ ।

यसमा तपाइको मत

अन्य समाचार