भर्खरै बम विस्फोटमा परि चार सैनिकको घटनास्थलमै मृत्यु, यस्तो छ ताजा अपडेट
काठमाडौ। भर्खरै बम विस्फोटमा परि चार सैनिकको घटनास्थलमै मृत्यु भएपछि देशभर तरङ्ग पैदा भएको छ। मालीका चार सैनिकको घरेलु बम विस्फोटमा मृत्यु भएको सेनाले बुधबार जनाएको छ। मालीको सशस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दुर्घटना बुधवार बिहान भएको थियो।
जसमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएका थिए। सोमबार मध्य मालीको डिओनडियोरीमा सशस्त्र आतङ्कवादी समूह (जीएटी)द्वारा गोलाबारीबाट दुई बालबालिकाको मृत्यु भएको र अन्य चार जना घाइते भएका थिए।
मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ, विद्रोह, जिहादी आक्रमण र अन्तर-समुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौंको हत्या र सयौं हजारौंलाई विस्थापित गरेको छ।
त्यस्तै, दुबई–संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ। उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ।
राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ। संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ, वामले ट्वीट गरेको छ।
नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ। सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए।
त्यस्तै, अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ।पछिल्लो समयमा अवस्थामा केही सुधार आए पनि संक्रमणका घटनामा केही बृद्धि भइरहेको छ। धेरै राज्यहरूले नयाँ नियमहरू लागू गर्न खोजिरहेका छन्।
कोभिडका कारण १० लाख अमेरिकीको मृत्यु भएको छ, राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भने। बाइडेनले नागरिकहरूलाई महामारीविरूद्ध सतर्क रहन र अमेरिकी संसद कंग्रेसलाई खोप तथा परीक्षणका लागि स्रोतहरू जुटाउन आग्रह गरे।
विश्वभर कोभिड केस फेरि बढेका छन्। अमेरिकाले धेरै प्रतिबन्ध हटाएका छन्। पछिल्ला केही हप्ताहरूमा ओमिक्रोन सबभेरियन्टका कारण संक्रमण फेरि एक पटक बढेका छन्।
मलाई लाग्छ कि हामी यस्तो ठाउँमा छौँ जहाँ मनोवैज्ञानिक, सामाजिक र आर्थिक रूपमा मानिसहरू धेरै हदसम्म महामारीसँग बाँचिरहेका छन्, न्युयोर्क विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ सेलिन गोउन्डरले भने।त्यस्तै, इजरायली सेनाको आक्रमणमा परी एक पत्रकारको ज्यान गएको छ।
अलजजिरामा आबद्ध ५१ वर्षीया प्यालेस्टिनी–अमेरिकी पत्रकार सिरिन अबु अक्लेहको इजरायली आक्रमणमा परी बुधबार बिहान मृत्यु भएको हो। घटनामा अलजजिराकै अर्का पत्रकार अली समौदी पनि गोली लागी घाइते भएका बताइएको छ।
हामी इजरायली सेनाको आक्रमणको दृश्य खिच्नका लागि जाँदै थियौँ । उनीहरूले अकस्मात्, दृश्य नखिच्न तथा त्यहाँबाट बाहिर निस्कन नभनीकन हामीलाई गोली हाने। पहिलो गोली मलाई र दोस्रो गोली सिरिनलाई लाग्यो,’ घाइते अवस्थामा रहेका अलीलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले शरणार्थी शिविरमा छापा मार्दै गर्दा त्यसको लाइभ रिपोर्टिङ गर्ने क्रममा अक्लेहको टाउकोमा गोली लागेको थियो । मन्त्रालयका अनुसार निकै नाजुक अवस्थामा अस्पताल लगिएकी उनलाई केही समयपछि मृत घोषित गरिएको थियो।
इजरायली सेनाले सुनियोजित रूपमा अक्लेहमाथि गोली हानेको अलजजिराले बताएको छ। इजरायली सेनाले भने अलजजिराको दाबीलाई अस्वीकार गरेको छ।इजरायलका प्रधानमनत्रीले दुवैतर्फबाट गोली हानाहान हुँदा प्यालेस्टिनी सशस्त्र समूहले चलाएको गोली उनीहरूलाई लागेको हुन सक्ने प्रतिक्रिया दिएका छन्।
त्यसैगरी प्यालेस्टानी राष्ट्रपतिले घटनालाई मृत्युदण्डको अपराध’ भन्दै सो घटनाको जिम्मेवारी इजरायली सरकारले लिनुपर्ने प्रतिक्रिया दिएका छन्। इजरायली सेनाले ‘शंकास्पद आतंकवादीहरू’लाई पक्राउ गर्नका लागि आफूहरूले वेस्ट ब्यांक क्षेत्रमा रहेको जेनिन शरणार्थी शिविरमा छापा मारेको बताएको छ।
अन्तर्राष्ट्रिय कानुन तथा मूल्यहरूको उल्लंघन गर्दै इजरायली सेनाले प्यालेस्टाइनमा रहेर पत्रकारिता गरिरहेकी अलजजिराकी पत्रकार सिरिन अबु अक्लेहको निर्मम हत्या गरेको छ। अक्लेहले आफ्नो काम गर्ने क्रममा प्रस्ट रूपमा चिनिने गरी प्रेसको ज्याकेट लगाएकी थिइन्।
अलजजिराले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ। अबु अक्लेह पछिल्ला वर्षहरूमा नियमित रूपमा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे रिपोर्टिङ गर्ने एक प्रसिद्ध महिला पत्रकार थिइन्।
