नीतालाई हरिहरले उपहार दिएको हार हिराको, मूल्य थाहा पाएपछि पर्नुहुनेछ चकित

काठमाडौं। नायिका नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको चर्चा निकै चल्यो। निकै धुमधामले उनीहरुको विवाह सम्पन्न भएको छ। करिब ४ दिनसम्म मिडिया देखि सामाजिक सञ्जालमा निता हरहरकै विवाहको चर्चा बडो तामझाम देखियो।

दुई जनाले भव्य तरिकाले गत शनिबार विवाह गरे। विवाहको दुई दिनपछि आयोजित प्रितिभोजको रौनक झनै बयान गरिनसक्नु थियो।विवाह र प्रितिभोज दुवै राजधानीको महंगो पाँचतारो हाटेल याक एन्ड यतिमा भएका हुन्।

प्रितिभोजमा होटलको सजावटमा नै लाखौं खर्च गरिएको थियो। चलचित्र क्षेत्रका हस्तिहरुदेखि एकाध राजनीतिकर्मीसमेत समारोहमा देखिएका थिए।

काठमाडौंमा मेयर बालेन्द्र साह पनि वरबधुलाई शुभकामना दिन पुगेका थिए। पार्टीमा दुलही नीताको पहिरन र श्रृंगारले पनि निकै चर्चा पाइरहेको छ। उनी सेता लेहेंगा र सेतै गरगहनाहरुले झरिझट्ट परेकी थिइन्।

उनले घाँटीमा हार, कानमा झुम्का र हातमा बाला एउटै सेटको लगाएकी थिइन् । खासगरि घाँटीमा लगाएको मोटो हिराजडित हारले धेरैको ध्यान खिच्यो ।सञ्चारकर्मीले नीतालाई सोध्न पनि भ्याए,

यो हार हरिहर दाइकै उपहार हो ?’नीताले मुस्कुराउँदै भनिन्, ‘अरु कसले दिन्छ र ?’ उनले आफ्नो हाइट कम भएकाले मोटो हारका कारण केही असहज भएको गुनासो समेत गरिन्।

निताले उपहार पाएको हारको मूल्यले धेरैलाई चकित पारेको छ। नीताले लगाएको हार नै २५ लाख मूल्यको भएको चर्चा चलेको छ । यद्यपि, उनीहरुले मूल्य बताएका छैनन्। पारिवारिक स्रोतले भने २५ लाखकै हाराहारीको भएको बतायो।

नीताले लगाएका अन्य गहना र लुगा पनि उत्तिकै महंगा थिए। हालसालमा विवाह गरेका नायिकाहरुबीच महंगा गहनाको होडजस्तै चलेको छ।केही वर्ष प्रेम सम्वन्धमा बसेपछि नीता र हरिहरले लगनगाँठो कसेका हुन्।

विहेअघिसम्म उनीहरुले सार्वजनिकरुपमा एक अर्कालाई प्रेमी–प्रेमिकाको रुपमा स्वीकारेका थिएनन्। आफूहरु राम्रो साथी भएको बताउने गर्थे । आर्थिकरुपमा सम्पन्न परिवारका हरिहर पेशाले पूर्णकालीन ज्योतिष हुन्।

उनी ज्योतिष पेशाबाटै मनग्गे कमाइ गर्छन्। फिल्ममा खासै सफल नभए पनि ज्योतिषका रुपमा उनको हाइप्रोफाइल छवि छ। रातोपुलमा अफिस राखेर उनले आगन्तुकहरुको चीना हेर्दै आएका छन्।

उनलाई चीना हेराउनका लागि अग्रीम अप्वाइन्टमेन्ट लिनुपर्छ। उनी दैनिक ८–१० जनाको चीना हेर्छन्।अभिनेता राजेश हमालले हरिहरलाई नै चीना हेराएर बिहे गरेका थिए। उनले हरिहरलाई चीना हेराउन आफ्नै घरमा लगेका थिए।

यसमा तपाइको मत

अन्य समाचार