ब्लड क्यान्सरको उपचार गर्दा क्यालिफोर्नियाका एक एचआईभी संक्रमित व्यक्ति पूर्णरुपमा भाइरस मुक्त

काठमाडौँ। सन् १९८८ मा एचआइभी सङ्क्रमित भएका एकजना मानिस भाइरस मुक्त भएका छन्। उनी एचआईभी मुक्त हुने चौथो व्यक्ति भएको डाक्टरले बताए।

उनलाई रक्त क्यान्सरको उपचारको लागि बोन म्यारो प्रत्यारोपण गरिएको थियो । बोन म्यारो दिने दाता प्राकृतिक रुपमा एचआईभी भाइरस प्रतिरोधी थिए। पहिचान खोल्न नचाहेका ६६ वर्षीय वृद्धले अहिले एचआइभीको औषधि सेवन गर्न छोडेका छन्।

उनले भाइस मुक्त भएकोमा ‘अत्यधिक कृतज्ञ’ भएको बताए । नाम उल्लेख गर्न नचाहेकाले चिकित्सकहरुले उनलाई ‘सिटी अफ होप’का विरामी नाम दिएका छन्। यो नाम उनले उपचार गरेको क्यालिफोर्नियाको डुआर्टेस्थित अस्पतालको नाम हो।

उनका धेरै साथीहरुलाई पनि एचआईभी लागेको थियो तर उनीहरु एन्टिरेट्रोभाइरल औषधिहरू प्रयोगमा आउनुअघि नै बिते । अहिले एन्टी भाइरल औषधीले झण्डै सामान्य औसत जीवन दिन्छ।

यो दिन देख्छु भनेर कहिल्यै सोचेको थिइनँ: ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) ले शरीरको प्रतिरक्षा प्रणालीलाई क्षति पु¥याउँछ।

यसले एड्स अक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम निम्त्याउन सक्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाइदिन्छ। एक बयानमा ती व्यक्तिले भने ‘सन् १९८८ मा मलाई एचआईभी लाग्दा अरू धेरैजस्तै, मलाई यो मृत्युदण्डको सजाय लागेको थियो।

मैले कहिल्यै एचआईभीमुक्त हुँदा भन्ने सोचेको थिइनँ : यद्यपि, उनलाई एचआईभीको लागि उपचार गर्दा भाइरस मुक्त भएका होइनन्। उनलाई ६३ वर्षको उमेरमा ब्लड क्यान्सर भएको थियो।

चिकित्सक टोलीले उनको क्यान्सरजन्य रक्त कोशिकाहरू प्रतिस्थापन गर्न बोन म्यारो प्रत्यारोपण आवश्यक भएको निर्णय गर्यो। संयोगवश, उनलाई बोन म्यारो दिने दाता एचआईभी प्रतिरोधी रहेको परे।

एचआईभी भाइरस हाम्रो शरीरको सेतो रक्त कोशिकाहरूमा सीसीआर५ नामक छिद्राबाट प्रवेश गर्छ। यद्यपि, ती दाताजस्ते केही व्यक्तिमा सीसीआर५ को छिद्रै हुँदैन । त्यस्ता व्यक्तिलाई एचआईभी भाइरसले छुँदैन।

उपचार अवशेष ’होली ग्रेल: सिटी अफ होप बिरामीलाई प्रत्यारोपणपछि नजिकबाट निगरानी गरिएको थियो, र यस क्रममा उनको शरिरमा एचआईभी भेटिएन। अहिले १७ महिनाभन्दा बढी समयदेखि उनी भाइरस मुक्त छन्।

सिटी अफ होप अस्पतालका संक्रामक रोगका डाक्टरका अनुसार ती विरामीले ३० वर्षभन्दा बढी समयदेखि लिइरहेको एन्टिरेट्रोभाइरल थेरापी अब लिन नपर्ने भएको छ।

विगतमा तीन व्यक्तिहरु विभिन्न उपचार पद्धतिबाट एचआईभी मुक्त भएको रेकर्ड छ। सिटी अफ होप विरामीमा प्रयोग भएको उपचार विश्वमा रहेको ३.८ करोड एचआईभी संक्रमितको लागि उचित नभएको चिकित्सकले बताएका छन्।

यसका धेरै साइड इफेक्ट हुने र यो जटिल तथा महँगो प्रक्रिया भएकाले एचआईभी संक्रमितहरुका लागि उपयुक्त विकल्प नभएको हो।

यद्यपि, अनुसन्धानकर्ताहरूले सम्भावित उपचारको रूपमा जीन थेरापी प्रयोग गरेर सीसीआर५ को छिद्रालाई लक्षित गर्ने तरिकामा अवलोकन गरिरहेका छन्।

यसमा तपाइको मत

अन्य समाचार