काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबार पनि देशभर सामान्य बदली रहनेछ।
देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, भक्तपुरको बालकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। शनिबार बिहान धक्का महशुस गरिएको हो। शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्प गएको जनाइएको छ।
भूकम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ। भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए।
त्यस्तै, नुवाकाेट केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलकाे भूकम्पको धक्का महसुस भएको छ।बिहान ५:२६ मिनेटमा नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
क्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो।
भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।




