काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको आयोजनामा २०७८ मा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
नगरपालिका कार्यालयको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथिमा नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे, नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने, वडाअध्यक्षहरु र प्याव्सन, एन प्यावसनका पदाधिकारीहरु र सामुदायिक र संस्थागत विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्र सबैभन्दा उत्कृष्ट नतिजा ३.९५ जीपीए ल्याउने सृजना ज्ञानसागरका विद्यार्थी विवश गजुरेललाई प्रथम पुरस्कार सहित सम्मान गरियो । त्यस्तै सामुदायिकको तर्फबाट मानसिंह धर्म माविका पुरुषोतम प्रजापतिले ३.९० जीपीए प्राप्त गरी प्रथम पुरस्कार सहित सम्मानित भए ।
कार्यक्रममा प्रथम पुरस्कार नगद २०,००० हजार, द्वतीय पुरस्कार १० हजार तृतीय पुरस्कार ६ हजार रहेको छ । कार्यक्रममा सम्मानित विद्यार्थी र विद्यालयलाई नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगर शिक्षा अधिकारीबाट सम्मान गरियो ।
तारकेश्वर नगरपालिकामा सामुदायिकतर्फ उत्कृष्ट जीपीए ल्याउनेमा पृथ्वीनारायण मावि पुरस्कृत भएको छ । भने संस्थागत तर्फ उत्कृष्ट जीपीए प्राप्त गर्नेमा हिमरश्मी हाईस्कुल रहेको छ, जसले ३.२ जीपीए प्राप्त गरेको छ ।
हिमरश्मी हाईस्कुलले २०७१ देखि नै तारकेश्वरको सबैभन्दा उत्कृष्ट जीपीए ल्याउने विद्यालयको रूपमा पुरस्कृत हुँदै आएको विद्यालय हो । हिमरश्मीले राष्ट्रिय मापदण्डको आधारमा विद्यार्थीहरू सहभागी गराई उत्कृष्ट जीपीए ल्याई तारकेश्वरको उत्कृष्ट नतिजा ल्याउने विद्यालय हो ।
आजको कार्यक्रममा संस्थागत विद्यालयको तर्फबाट लोकेन्द्रबहादुर खड्काले पुरस्कृत गर्दा होलसेलमा भन्दा पनि राष्ट्रिय मापदण्डको आधारमा गरिनुपर्ने बताएका थिए । त्यस्तै सामुदायिक विद्यालयको तर्फबाट नारायण शर्माले नगरपालिकाले यस्ता कार्यक्रम गरेर मनोवल बढाउने कार्यको निरन्तरता दिएकोमा प्रसंशा गरे ।
सामुदायिक विद्यालयहरुमा ५० जनाभन्दा बढि विद्यार्थी सहभागि गराएर प्रथम हुनेमा पृथ्वीनारायण मावि द्वितीय हुनेमा मानसिंह धर्म मावि र तृतीय फुटुङ मावि रहेका छन् ।
५० भन्दा कम विद्यार्थी सहभागी गराएर प्रथम हुनेमा कालिदेवी मावि, द्वितीय हुनेमा जितपुर मावि, तृतीय हुनेमा मनमैजु मावि परेका छन् भने उत्कृष्ठ विद्यालयमा कुञ्चिप्वाकल मावि पुरस्कृत भएको छ ।
संस्थागत विद्यालयहरुमा ५० जनाभन्दा बढि विद्यार्थी सहभागिी गराएर प्रथम हुनेमा हिमरश्मी हाई स्कुल, द्वितीय हुनेमा एन्जल्र्स हार्ट मावि, र तृतीयमा कौशल इङ्लीस बोडिङ र सृजना ज्ञानसागर मावि रहेका छन् ।
५० भन्दा कम विद्यार्थी सहभागी गराएर प्रथम हुनेमा संस्कृत शिक्षा निकेतन, द्वितीय हुनेमा काठमाडौं लिंकन स्कुल, तृतीय हुनेमा तेजस्वी एकेडेमी मावि र ज्ञानभूमि मावि पर्न सफल भएका छन् ।
संस्थागत विद्यालयतर्फ गिनिज पव्लिकबाट छात्रा आयुषा गौतमले ३.९० जीपीए ल्याई दृतिय पुरस्कार पाएकी छिन् । त्यस्तै तृतीय पुरस्कार भने ज्ञानभूमि माविका अमृता तामाङले पाएकी छिन् ।
सम्मानित संस्थागत विद्यालयहरुमा काठमाडौं लिंकन, कौशल इङ्लिस बोर्डिङ स्कुल, लालिगुराँस नेशनल एकेडेमी, एन्जल्स हर्ट माध्यमिक विद्यालय लगायतका विद्यालय रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय नेत्रप्रसाद घिमिरेले ५६औं अन्तर्राष्ट्रिय दिवसको शुभकामना दिए ।
नेपालमा २०३१ सालमा राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षा प्रदान गरि फागुन १२ गतेका दिनलाई राष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको थियो ।




