अविवाहित हुँ भन्ने राजेशपायलको एकाएक छोरो जन्मिएपछि मच्चियो हंगामा

काठमाडौं । चर्चित गायक राजेशपायल राईलाई पुत्र लाभ भएको छ । तर, उनले आफूलाई अहिलेसम्म अविवाहित भन्दै आएका छन् ।

राजेशपायल केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइन बस्दै आएका थिए । करिब दुई महिना अगाडी नै उनीहरूलाई पुत्रलाभ भएको स्रोतले जनाएको हो ।

उमेरले राजेशपायल भन्दा २६ वर्ष कान्छी साङबुङले छोरा पाएकी हुन् । अहिले राजेश ४६ वर्षका भए छन् । यस्तै, उनको प्रेमिका साङबुङ २० वर्ष मात्र भएकी छन् ।

उनी साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिक भएकी थिइन् । दुई महिना अगाडी काठमाडौँको एक अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् ।

लभ इमोजीसहित पोष्ट गरेको तस्वीर उनले केहीबेरमै हटाइन् । राजेशपायलको दबाबमा तस्वीर हटाएको अनुमान गरिएको छ । नेपाली हेडलाइन्समा यो समाचार छापिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार