डेंगु रोग नियन्त्रण गर्न बागलुङ ताराखोलाका जनप्रतिनिधिले बनाए यस्तो नियम

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा डेङ्गु रोग नियन्त्रण तथा रोकथाम गर्नको लागि सरोकारवालाहरु जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुको उपस्थितिमा अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखीकरणसंगै ताराखोलाका–५ वडामा नै जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोली टोलटोलमा सरसफाई अनुगमन गर्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख उदितकुमार थापाले जानकारी दिनु भएको छ ।

सो छलफलमा सबैले सचेतना फैलने गरी सूचना तथा संचार प्रवाह गर्न अनुरोध पनि गरिएको छ । डेङ्गुरोग लागेमा निम्न अक्षणहरु देखीन सक्छन् सहजकता अपनाउने स्वास्थ्य सेवा लिने गर्नुपर्ने छ ।

धेरै पेट दुख्ने, श्वासप्रश्वास समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने जस्ता समस्याहरु देखिन्छन् । यसका लागि पालिकामा भएका सुविधाहरुमा उच्च ज्वरो कम गर्न पारासिटामोल खाने तर ब्रुफिन एसपिरिन जस्ता दुखाई कम गर्ने औषधिको सेवन नगर्न अनुरोध गरिएको छ ।

घरमै उमालेको पानी झोलिलो तथा पोसिलो खाने कुरा प्रसस्त मात्रामा खाने र विहान दिउँसो राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने तथा पूरा बाहुला भएको शरीर ढाक्ने कपडा लगाउन अनुरोध गरिएको छ । स्थानीय स्तरमा टोलटोलमा निम्न अनुसार सरसफाई तथा पानी जम्ने स्थलहरुको अनुगमनहरु निम्न अनुसार गरिने भएको छ ।

वडा स्तरमा ४ गते अनुगमनको तय गरिएको छ । ताराखोला गाउँपालिकाको नेतृत्वमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी स्वयमसेविका र स्वास्थ्य शाखा प्रमुख मिलेर अनुगम गर्ने निर्णय भएको छ । अमरभूमी स्वास्थ्य चौकी चकाडीडाँडा टोल प्रजातन्त्र विकास मावि, स्वास्थ्य संस्था भाटा बालविकास केन्द्र र अमर प्राविमा अनुगमन गरिनेछ ।

त्यस्तै भुस्कात स्वास्थ्य इकाईले बुकेनी वार्ड कार्यालय, भुस्कात गाउँ, मेहेले अर्सल जनप्रेम मावि र स्वास्थ्य इकाईमा अनुगमन गर्ने भएको छ । वार्डनम्बर २ का स्वास्थ्य चौकीबाट सिले किकल्टा दरकाटी सभाहल भाटखाने डाँडा सरपाण्डी छमरी खल्डाँडा सिर्खु हल्पु र वाभमा पनि अनुगमन गरिनेछ ।

हिल स्वास्थ्य चौकी, घुस्मेली बजार सादी बगर हिल गाउँ, सिङ्गुजी पधेँराखोलामा अनुगमन गरिनेछ । वाड न. ४ दोगाडी स्वास्थ्य इकाई वार्ड कार्यालय सागुबोट तारागाँउ र नेपाल माविमा पनि अनुगमन गरिनेछ भने ताराखोला स्वास्थ्य चौकीले त्रिशुली बजार, खोरे बजार मच्छर, करिमेला रानिबास, लाबाङ, घस्मर र वार्ड कार्यालय र स्वास्थ्य संस्थामा अनुगमन गर्ने स्वास्थ्य शाखा प्रमुख थापाले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

अन्य समाचार