हस्त केसीद्वारा लिखित ‘द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद’ नामक पुस्तक प्रकाशित

काठमाडौं । वरिष्ठ मार्क्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा लिखित ‘द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद’ नामक पुस्तक प्रकाशन भएको छ । गहन र दार्शनिक सो कृति काठमाडौं बागबजारस्थित भुँडीपुराण प्राकशन प्रालिले प्रकाशित गरि बजारमा ल्याएको हो ।

केसीद्वारा लिखित यस दार्शनिक कृति द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद गरि दुई खण्डमा विभाजन गरिएको छ । ३०३ पृष्ठ भित्र ती दुबै खण्डमा रहेका समग्र विषय समेटिएका छन् ।

खण्ड एकमा दर्शनको परिभाषा, दर्शनको उत्पत्ति र विकास, दर्शनको ऐतिहासिक विकासको प्रक्रिया, दर्शनशास्त्रको मौलिक प्रश्न, दर्शनशास्त्रको स्वरूप, दार्शनिक पक्षधरता, दर्शनशास्त्रको पद्धति र दार्शनिक सिद्धान्त, मार्क्सवादको जन्म र विकास, मार्क्सवादका तीन श्रोत र तीन संघकट अंग, दर्शनशास्त्रको क्षेत्रमा  मार्क्सवादीगरेको क्रान्ति, मार्क्स भन्दा पूर्वका महान विचारकहरु, द्वन्द्वात्मक भौतिकवादका सन्देशमा, द्वन्द्वात्मक भौतिकवादका आधारभूत सिद्धान्त तथा नियम, भौतिकवाद र आदर्शवादबीच भिन्नता, द्वन्द्ववाद र अधिभूतवादबीच भिन्नता, अन्तर्विरोधका नियम, द्वन्द्ववादका प्रवर्गहरु,  मार्क्सवादी ज्ञान ( सिद्धान्त आदि विषयहरु समेटिएका छन् ।

खण्ड दुईमा ऐतिहासिक भौतिकवाद, ऐतिहासिक भौतिकवादको परिचय, ऐतिहासिक भौतिकवादको परिभाषा र क्षेत्र, कार्ल  मार्क्सको देन : ऐतिहासिक भौतिकवाद, ऐतिहासिक भौतिकवाद : समाज विकासका रुपमा, वर्गको उत्पत्ति र वर्गसंघर्ष, राज्यको उत्पत्ति, समाज विकासका क्रमहरु, उत्पादन पद्धति, उत्पादनका साधन र उत्पादनका शक्त:समाज परिवर्तनका साधन, श्रमजीवी जनता मात्र इतिहासका सच्चा निर्माता, इतिहासमा नेताहरुको भूमिका, माक्र्सवादी दर्शन र सर्वहारा वर्गीय पार्टी जीवन, मुक्तिको निम्ति मानवजातिले पार गरेका लाखौं वर्षहरु, मार्क्सवादी–लेनिनवादी–माओवादी पार्टी मात्र भीषण वर्गसंघर्षको संगठन कर्ता र नेता, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन, मालेमावादी दर्शनको ऐतिहासिक कार्यभार : वैज्ञानिक साम्यवाद निर्माणकको सुन्दर सपना आदि विषयहरु समेटिएका छन् ।

मार्क्सवादी चिन्तक तथा लेखक केसीद्वारा लिखित यो गहन दार्शनिक कृति  दर्शनको मार्क्सवादी अध्ययनमा चासो राख्नेहरुका लागि पठनीय र संग्रहनीय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार