काठमाडौं । समृद्धि स्कूल अन्तर्गतको काठमाडौं बिजनेश क्याम्पस र नेपाल स्टेम अलायन्स Nepal STEM Alliance एनएसएबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज दिउँसो समृद्धि स्कुल भवन बालाजुस्थित सभाहलमा आयोजित कार्यक्रममा समृद्धि स्कुल तथा काठमाडौं बिजनेश क्याम्पसका सि.ई.ओ तथा प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र एनएसएका संयोजक सुसन डंगोलले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
समझदारी पत्रमा एनएसएले आयोजना गर्न लागेको काठमाडौं भित्रका विद्यालय स्तरीय कोडिङ्ग प्रतियोगितामा काठमाडौं बिजनेश क्याम्पसले सह-आयोजना गर्ने विषय समावेश छन् । स्कूलका विद्यार्थीहरूको कोडिङ्ग क्षमता अभिवृद्धि गर्दै बृहतरूपमा कोडिङ्ग सम्बन्धी अभिरूचि जगाउने यस प्रतियोगिताको उद्देश्य रहेको छ ।




