गर्भवती महिला र पुड्कोपना भएका बालबालिकाहरुलाई अण्डा वितरण

ललितपुर । ललितपुरमा १३९ जनालाई कुखुराको अण्डा वितरण गरिएको छ ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरको आयोजनामा राष्ट्रिय पोल्ट्री दिवस-२०७९ लाई मिति २०७९/०९/११ देखि २०७९/०९/१७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाउने सन्दर्भमा मिति २०७९/०९/१३ गतेका दिन गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालवालिकाहरुलाई अण्डा वितरण कार्यक्रम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल ललितपुरमा उपचाररत ७२ जना गर्भवती तथा सुत्केरी महिला र ६७ जना बालबालिका गरी १३९ जनाको लागि १५०० गोटा अण्डा वितरण गरिएको हो ।

एक कार्यक्रमकाबीच सो अस्पतालका नरसिङ सुपरभाईजर प्रतिभा आचार्यलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरका कार्यालय प्रमुख डा.रामप्रकाश प्रधानले कार्यक्रमको उद्देश्य सहित अण्डा हस्तान्तरण गर्नु भएको थियो । सो समारोहमा अण्डा तथा मासु उपभोगको पौष्टिक महत्व बारे अधिकृतस्तर आठौं पशु विकास अधिकृत बासुदेव नाथले जानकारी गराउनु भएको थियो ।

अन्तमा पाटन अस्पतालका नरसिङ सुपरभाईजर प्रतिभा आचार्यले शुभकामना मन्तव्य राख्नुभयो । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार : हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित साताव्यापी रुपमा १०औं राष्ट्रिय पोल्ट्री दिवस-२०७९ मनाउने क्रम जारी छ ।

यसमा तपाइको मत

अन्य समाचार