विजुलीको तार भूमिगत गर्न लागिएको केही समय अफ्ठ्यारो बेहोर्नु पर्ने हुन्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अफ्ठ्यारो व्यहोर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको बताए । खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए ।

‘काठमाडौंमा तारमा मात्रै होइन खानेपानीको पनि धेरै भूमिगत कामहरू भइरहेको छ । हामीले गरिसकेपछि खानेपानीको नसकिएसम्म त्यसलाई पिच गर्नसक्ने स्थिति छैन,’ घिसिङले भने,‘भूमिगत गर्नलाई धेरै नै अफ्ठ्यारो स्थिति छ । सडकको, सबैको समन्वय भएन भने यो प्रोजेक्ट सम्पन्न गर्न गाह्रो छ । अलिकति राम्रो देख्नका लागि दुईरचार महिना अफ्ठ्यारो पनि व्यहोर्नुपर्ने स्थिति म देख्छु ।’

भूमिगत गर्ने काम निकै अफ्ठ्यारो रहेको भन्दै सबै निकायको समन्वय आवश्यक पर्ने घिसिङको भनाइ छ । उनले तार भूमिगत गर्ने काम गरुञ्जेल दुईरचार महिना अफ्ठेरो व्यहोर्नुपर्ने बताए ।

 

यसमा तपाइको मत

अन्य समाचार