काठमाडौं । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत र कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ । कर्णप्रिय प्रेमिल युगल गीत विश्व संगीत दिवसको अवसर पारेर ‘यो मन’ गीत सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका गीता पाण्डेको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत ‘यो मन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मायाप्रेम भाव प्रकट गर्ने गीतमा वरिष्ठ गीतकार प्रमोद ढुङ्गानाको शब्द रचना अनि मनोज चौलागाईंको संगीत साथै संगीत संयोजन साथै प्रकाश मिश्रको मिक्सिङ रहेको छ । यस गीतको म्यूजिक भिडियोमा रोजेन सुन्दास र स्मृति श्रेष्ठले स्क्रिन सेयर गरेका छन् । युवा युवतीको बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।
नितीन चन्द यस गीतको म्युजिक भिडियो निर्देशन हुन् । यस गीतको म्युजिक भिडियोलाई अभय चौधरीले छायाँङ्कन अनि सहायक निर्देशन चिरन्जिवी पौडेलले र लक्ष्मी शाहीले सम्पादन गरेका छन् । यस भिडियोलाई गीता पाण्डे युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।




