इरानसित लड्न नसकेपछि अमेरिकी सैन्य प्रमुख बर्खास्त गरिँदै

काडमाढाैं । अमेरिकी रक्षामन्त्री पेट हेगसेथले सेना प्रमुख रेन्डी जर्जलाई हट्न आग्रह गरेका छन् । बेलायती सञ्चार माध्यम बीबीसीका अनुसार जर्ज अमेरिकाका ४१औँ सेना प्रमुख हुन् ।

उनको ४ वर्षे कायकाल अर्को वर्षसम्म थियो । तर, ट्रम्प प्रशासनको दबाबको कारण उनले एक वर्ष अगाडि नै पदबाट राजीनामा दिने अवस्था आएको हो ।

भेनेजुएलादेखि इरान हुँदै अफ्रिकी देशमा सैन्य कारबाहीमा सक्रिय अमेरिका पछिल्लो समयमा इरानमा जकडिएको छ ।

केही दिनमा अन्त्य हुने भनिएको युद्धले महिना दिन पार गरेपछि ट्रम्प सरकार र सेना प्रमुखमा मतभेद देखिएको छ । मतभेदकै कारण सेना प्रमुखले राजीनामा दिनुपर्ने आग्रह रक्षामन्त्रीले गरेको चर्चा छ।

यसमा तपाइको मत

अन्य समाचार