उत्साहकान्तको स्वरमा सजिएको भावुक गीत ‘कहिले काहीँ तिमी’

काठमाडौं । गायक उत्साहकान्त मैनालीको सुरिलो स्वरमा सजिएको आधुनिक गीत ‘कहिले काहीँ तिमी’ बोलको गीत बजारमा आएको छ । यो गीत ओएसआर डिजिटल युटुब च्यानलबाट स्रोता तथा दर्शक माझ बजारमा आएको हो ।

गीत रचनाकार भुषण खरेलको शब्द रचना रहेको यो गीतको म्यूजिक भिडियोको निर्देशन सुरेन्द्र बसेल, म्यूजिक एरेन्ज रिमेशकुमार थापाले गरेका छन् भने कलाकार सुरेश कोहली र बीना राउतको जीवन्त अभिनयले गीतलाई कालजयी बनाएको छ । प्रेममयी भावनाको गंगामा तैरिएको यो गीत प्रेमकथामा आधारित छ ।

यसमा तपाइको मत

अन्य समाचार