युटुबमा आयो तारा अधिकारीको नयाँ गीतकाे भिडियाे “फोटो क्लिक”

काठमाडौं । गीतकार तारा अधिकारीको शब्द सिर्जना रहेको नयाँ नेपाली गीत ‘फोटो क्लिक’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतमा प्रेणा सिंहको सुमधुर स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन सुमन केसीले गरेका छन्।

गीतको म्युजिक भिडियोमा अनुजा अधिकारी, अस्मिता ढकाल र मनीष डिकेको अभिनय रहेको छ।

विनोद बलको छायांकन रहेको छ भने भिडियोको सहायक निर्देशन, सम्पादन तथा कलर विशालराज खनालले गरेका छन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी मनिष डिकेले सम्हालेका छन्। बाबुराम निरौलाले सिएडीको जिम्मेवारी निर्वाह गरेका छन्।

गीतकार अधिकारी स्वयंले भिडियोको निर्देशन तथा निर्माण गरेका छन्। गीतकाे पोस्ट–प्रोडक्सन सुनौलो तारा मोशन प्रालिले गरेको हो।

यसमा तपाइको मत

अन्य समाचार