२०८३ साउन ७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
वाम लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व कमरेड पुष्पलालको ४८औं स्मृति दिवसको सन्दर्भमा आज बिहान पुष्पलाल प्रतिष्ठान, चम्पादेवी कीर्तिपुरमा श्रद्धान्जली कार्यक्रम भव्य रूपमा सन्पन्न भयो । 
प्रतिष्ठानका अध्यक्ष क. माधव नेपालको अध्यक्षतामा आयोजित समारोहलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका वक्ताहरुद्वारा संवोधन गर्नु भएको थियो ।
नेताहरु वामदेव गौतम, वेदुराम भुसाल, प्रमेश हमाल, प्रवक्ता प्रकाश ज्वाला आज देशभर नेपाली कम्युनिस्ट पार्टी नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागिरहेका छन् । 




