काठमाडाैंमा चर्कियाे लघुवित्त पीडितहरुको संयुक्त आन्दोलन

काठमाडौँ, साउन २५ गते । लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुरहरुले काठमाडौंस्थित शान्ति बाटिकामा संयुक्त आन्दोलन गरेका छन् । आन्दोलनमा आन्दोलनकारीहरूले सरकारलाई पटकपटक आफ्नो मागपत्र राख्दै आउँदा पनि सरकारले सुनुवाई नगरेको भन्दै आक्रोश पोखेका छन् ।

उनीहरुले आफूहरुले विभिन्न मागहरु राखेर धेरै पटक आन्दोलन गरेको भएपनि सरकारले आजसम्म ती मागहरुको सुनुवाई नगरेको गुनासो पोखेका छन् ।

उनीहरूले आफ्नो मागप्रति सरकारले बेवास्ता गरेको तर आफूहरु आफ्‌ना जायज मागहरुसहितको आन्दोलनबाट पछि नहट्ने सरकारलाई चेतावनी दिएका छन् ।

उनीहरूले विभिन्न मागहरु राखेर विगत दुई हप्तादेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका थिए । वार्ताको नाममा सरकारले आफूहरुर्ला अलमल्याउन खोजेको उनीहरुको आरोप छ ।

सरकारले आफूहरूलाई वार्ता गर्न बोलाउने तर विभिन्न बहानामा आन्दोलनलाई नै निषेध पार्ने षड्यन्त्रमा सरकार गएको हुँदा आफ्नो माग पुरा नभइञ्जेल आफूहरुले आन्दोलन नतोड्ने र लडिरहने उनीहरुको चेतावनी छ ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल नेपालभरिबाट आफ्नो अधिकारका लागि काठमाडौँमा धर्ना दिन आएका छन् । वार्ताको नाममा सरकारले आफूहरुलाई अलमल्याउन मात्र खोजेकोले आफूहरू वार्तामा सहभागी नहुने उनीहरुको भनाई रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार