२०८३ साउन ३१, सुर्खेत । कर्णाली अटोमोबाइल्स एशोसिएशन नेपालको चौथो साधारणसभाले इन्द्रबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
एशोसिएशनको उपाध्यक्षमा प्रकाशकुमार शाही, रामबहादुर खड्का र गोपाल पौडेल चयन भएका छन्। त्यस्तै, महासचिवमा सैयद अन्वर अलि, सचिवमा अर्जुन दाहाल र कोषाध्यक्षमा राजन वली चयन भएका छन्।
सदस्यहरुमा सूर्य थापा, उमेश विष्ट, हरि पौडेल र जनकराज गिरी रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले कर्णाली प्रदेशको अटोमोबाइल्स क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा यस क्षेत्रका साझा समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।




