किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी छोडेको हुँ : रवि लामिछाने

काठमाडाैं । रास्वपाका सभापति रवि लामिछानेले किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी छोडेको बताएका छन् । आइतबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा लामिछानेले २१ सिटे दलको नेताका रूपमा प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले अस्वीकार गरेको बताएका हुन् ।
‘मलाई २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो । भइदिऊँ न त भन्दा गाह्रो पनि थिएन,’ उनले भने, ‘म यहाँ गर्वका साथ भन्न सक्छु, किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ ।’

लामिछानेले आफूले त्यागीको उपाधि पाउने लोभले नभई यति धेरै प्रतिबद्धता आवश्यक छ भन्ने सन्देश दिन खोजेको बताए । ‘मैले यसलाई असाध्यै धेरै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराउन खोजेको हो । किनकि यो आन्दोलनले, यो मोमेन्टले कुरिरहेको थियो,’ लामिछानेले भने ।

यसमा तपाइको मत

अन्य समाचार