संचारकर्मी पाैडेलद्वारा कुशको शव बनाएर परिवारकाे अन्त्येष्टि

२०८३भदौ १७
काठमाडौँ । संचारकर्मी निराजन पौडेलले बुधबार कुशकाे शव बनाएर परिवारकाे अन्त्येष्टि गरेका छन् ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर पौडेलको परिवार नै सम्पर्कविहीन भएको थियाे ।
सात दिनसम्म खाेजी गर्दा समेत नभेटिएपछि बुधबार कुशको प्रतिकृति बनाएर पौडेलले आफ्ना अभिभावकहरूको दाहसंस्कार तथा काजकिरिया गरेका हुन् ।

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ५ स्थित लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमति महादेव मन्दिर तथा किरियापुत्री भवनमा बिहान ११ बजेदेखि धार्मिक विधिअनुसार पौडेलले काजकिरिया गरेका हुन् ।

काजकिरियामा पाैडेलसहित आफन्तहरू सहभागी थिए । नुवाकोटको विदुर नगरपालिका–७ मा रहेका उनका बुवा वासुदेव, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानीसहित परिवारका पाँच जना सदस्य बुधबार आएको भीषण बाढीपछि सम्पर्कविहीन छन् ।

(मृतकहरूप्रति संकल्प यात्रा परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।)

यसमा तपाइको मत

अन्य समाचार