२०८३ भदौ १८
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र प्रधानमन्त्री बालेन्द्र शाहविच भेटभएको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबिच भेटघाट भएको हो ।
भेटमा उनीहरूबिच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।
यस्तै, उनीहरूबिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहले यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि भेट गरेका थिए । उनीहरू बिचको भेटमा बाढीले सुरुङमा फसेकाहरुलाई कसरी उद्धार गर्ने भन्ने लगाएतका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।




