काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एकजनाको उद्धार गरिएको छ ।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा एक चिनियाँ नागरिकको उद्धार गरिएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।
“बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेवा)को अडिट ४ टनेलबाट एकजना चिनियाँ नागरिकको उद्धार गरिएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टरविज्ञ टोलीले शनिबार (भदौ २०) दिउँसो उनको उद्धार गरेको सचिवालयले जनाएको छ ।
“उहाँलाई उद्धार गरेर नुवाकोटको त्रिशस्लीस्थित मैथिल ब्यारेकमा ल्याइँदै छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “उहाँलाई बाढी गएको ११औँ दिनमा उद्धार गरिएको हो ।”




