कलंकीबाट समातिए,सालिन साह

२०८३ भदौ २१ गते

काठमाडौं । ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको भिडियो दृश्य भाइरल भएपछि पक्राउ परेका शालीन साह रूप परिवर्तन गरेर भाग्न लाग्दा शनिवार पक्राउ परेका थिए । उनीमाथि थप कारबाहीका लागि प्रहरी वृत्त, लैनचौर (सोह्रखुट्टे) मा पठाइँदैछ ।
भाइरल भिडियोमा देखिएको दृश्य भदौ १८ को थियो । त्यसमा देखिने आफ्नो लामो कपाल र दाह्री-जुँगा काटेर उनी कलंकीबाट भाग्न खोज्दा शनिवार फेला परेका हुन् ।

अपराध अनुसन्धान कार्यालय र सोह्रखुट्टे प्रहरी वृत्तको संयुक्त टोलीले शालीनलाई कलंकीस्थित तासिनडोलबाट उनलाई पक्राउ गरेको हो ।

वृत प्रमुख एसएसपी सन्तोष खड्का अनुसार मुद्दा चलाउने प्रयोजनका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ ।

घटना ठमेलमा भएको र उक्त घटनास्थलको कार्यक्षेत्र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) भएका कारण थप अनुसन्धान त्यहीँबाट हुने भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार