पाँचथर । बेञ्च भाँचेको भन्दै पाँचथरको एक विद्यालयमा प्रधानाध्यापकले कक्षा–९ मा अध्यनरत एक छात्रलाई निर्घात कुटपिट गरेका छन् ।
फिदिममा रहेको फिदिम माविका प्राधानाध्यापक दुर्गा खत्रीले मिक्लाजुङ गाँउपालिका–४ घर भएर फिदिममा डेरा गरी बस्ने रोहित राईलाई निर्घात कुटपिट गरेका हुन् ।
प्रधानाध्यापकको कुटपिटबाट घाइते भएका राइको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । राईको टाउकोको भित्री भागमा समस्या देखिएकोले अहिले के भएको छ भनेर भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ ।
बुधबार कक्षा १० का विद्यार्थीहरुले बेञ्च भाँचेको निहुँमा बिहीबार कक्षा–९ का अन्य साथीहरुलाई पनि प्रधानाध्यापक खत्रीले पालैपालो कुटेको एक विद्यार्थीले बताए ।
राईले आफूले बेञ्च नभाँचेको भनेर आग्रह गर्दा पनि मुखमुखै नलाग भन्दै मुड्कीले टाउकोको पछाडी भाग र गालामा हानेको अन्य विद्यार्थीहरुले बताए ।




