सुखड । करेन्ट लागेर कैलालीमा एकजना शिक्षकको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानीमा करेन्ट लागेर २३ पर्षिय हुकुम जैशीको ज्यान गएको हो ।
दशरथ मा.वि.आज विहान सरस्वती पुजाको तयारी गर्दा हरियो बास काटेर तान्ने क्रममा बासले नाङ्गो तार छोएपछि उलाई करेन्ट लागेको हो । जैशीलाई उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय सुखड्ले जनाएको छ ।




