काठमाडौं । ओपोले ‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेस्टका विजेताहरुको घोषणा गरेको छ । ओपोले भ्यालेन्टाईन्स डे र यसलाई रुचीपूर्वक मनाउने युवाजमातलाई लक्षित गर्दै यो कन्टेस्ट ल्याएको थियो ।
फेबु्रअरी ५ देखि ११ सम्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक र इन्स्टाग्राम)मार्फत् सञ्चालित उक्त कन्टेस्टमा युवा जमातको चाखलाग्दो सहभागिता देखिएको थियो ।
प्रतियोगितामा सहभागिताका लागि ईच्छुकले कम्पनीको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेजमा आफ्ना प्रियजनसँग आफ्नो एक तस्बिर ह्यासट्याग ‘ओपोडेट’ र ह्यासट्याग ‘ओपोएनपी’को अनिवार्य प्रयोग सहित पोस्ट गर्न आग्रह गरिएको थियो ।
सहभागीमध्ये प्रतिना प्रधान र आयुश कार्की कन्टेस्टका विजेता बनेका छन् । दुवै विजेताले कम्पनीका तर्फबाट फेब्रुअरी १४मा २–२ जनाका लागि पूर्ण प्रायोजित ‘ओपो डेट’ जितेका छन् ।




