वडाध्यक्षले महलिामाथि गरे कुटपिट, पीडितको स्थानीय मेडिकलमा उपचार हुँदै

संकल्प न्यूजडेस्क

रुकुममा एकजना वडाध्यक्षले महिलामाथि कुटपिट गरेका छन् । जिल्लाको महिला विकास कार्यालयको भवन पक्की गर्ने विषयमा विवाद हुँदा पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका हुन् ।

पीडित जयपुराले भवनको विषयमा विवाद भएपछि वडाध्यक्षले उनलाई मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुङ्गा भएको ठाउँमा धकेलीदिएको बताइन् । बुढाको कुटपिटबाट उनको शरीरमा लागेकोले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सामान्य विवादमा नै आफुमाथि कुटपिट भएपछि बुढाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । तर इलाका प्रहरी कार्यालयमा वडाध्यक्षले छलफल गर्न नमानेपछि पिडित महिलाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको जिल्ला प्रशासन कार्यालय रुकुमले जानकारी दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार