गजबः कामुक तस्विर, झल्लर र साथमा केटी राखेर गाडी चलाउन नपाइने

चालकहरुले युवतीहरु साथमा राखेर गाडी चलाउने गर्नाले पनि उनीहरुको ध्यान केटीतिर जाने र सवारी नियन्त्रण गर्न गाह्रो हुनेसमस्या पनि देखिएको छ

संकल्प न्यूजडेस्क

सवारी दुर्घटना कम गर्न भन्दै प्रदेश नम्बर १ सरकारले केही अनौठा नियमहरु बनाएको छ । उसले सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ ट्राफिक प्रहरीले सवारी साधानमा टाँगिएका, झुण्ड्यिाइएको झल्लर, पोस्टर र माला हटाउन थालेको बताएको छ । ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख एसपी रविकुमार पौडेलले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार चालकको आँखैअगाडि सिसा ढाक्ने गरी त्यस्तै वस्तु झुण्ड्याएर र टाँगेर सवारी चलाए कारवाही गर्न थालिएको छ । प्रदेश १ का १४ वटै जिल्लाका सडकमा गुड्ने सवारी साधनमा झल्लर, पोस्टर र माला हटाउने अहिले अभियानै चलेको बताए । सजावटका नाममा आँखै अगाडि पर्नेगरी राखेर सवारी चलाउँदा चालकको ध्यान केन्द्रित त्यतै हुँदा दुर्घटना हुने गरेको अनुसन्धानबाट खुलेको छ ।’
‘धागोबाट बनेका झल्लर, विभिन्न ब्यानर, चुरा, पोते, धागो, धेरै कुरा लेखिएका स्टिकर, नायक नायिकाका पोस्टर, विभिन्न पम्प्लेट, खेलौना, प्लाष्टिकका माला र फूल झुण्ड्याएर, टाँगेर र टाँसेर हिड्न पाइँदैन,’ उनले भने, ‘१४ जिल्लामा अहिले हटाउने काम सुरु भएको छ।एसपी पौडेललले दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाइ, सडक ट्राफिक सचेतना, सवारी साधनको गति मापन गर्न राडार गन, मादक पदार्थ सेवन गरे नगरेको चेकजाँचमा ब्रेथलाइजरको प्रयोग, सडक छेउछेउमा राखिएको विज्ञापनको होर्डिङ बोर्डसमेत हटाउन थालेको छ । प्रदेश १ का सवारी चालकले अनिवार्य चालक पोशाक लगाउनु र बसपार्क सरसफाइ अभियान समेत चलाएको छ ।

सवारी दुर्घटना कम गर्न बनाइएको यो नियम कति बैज्ञानिक सावित हुने हो त्यो हेर्न बाँकी नै रहेको छ । त्यसको साथै गाडी चालकहरुले युवतीहरु साथमा राखेर गाडी चलाउने गर्नाले पनि उनीहरुको ध्यान केटीतिर जाने र सवारी नियन्त्रण गर्न गाह्रो हुनेसमस्या पनि देखिएको छ । सवारी नियन्त्रण गर्न नसक्दा दुर्घटना हुने गरेको छ । यसतर्फपनि सरकारले ध्यान दिन जरुरी छ । यो र यस्तो राम्रा नियमहरुलाई अन्य प्रदेशका सरकारले पनि लागु गर्दै गए राम्रो हुनेछ । यस्तो नियम त केन्द्र सरकारले पनि लागु गर्दा झन फाइदा हुने देखिन्छ, किनकी काठमाडौंमा यस्तो कुराको बढी नै विकृति छ ।

यसमा तपाइको मत

अन्य समाचार