चमत्कारी चीन, बनायो यस्तो अचम्मको भवन

संकल्प न्यूजडेस्क

चीनले गरेको विकासले विश्व चकित बन्दै आएको छ । यस्तो चमत्कारी कामको गति उसले पछिल्लो समय झन बढाएको छ । चीनले विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा संसारलाइ नै चकित बनाउने विभिन्न कार्यहरु गरिरहेको छ ।
यस्तै चीनले फेरि दुनियाँलाई नै चकित पार्ने एक विशाल भवनको निर्माण गरेको छ । उक्त भवन चार वटा ६० तले गगनचुम्बी महलमाथि सुताएर बनाइएको छ ।

चीनको चोंगकिंग सहरको योंगझोउ जिल्लामा बनाइएको यो महलको लम्बाई ८२० फिट रहेको छ । यस आलिसान महलमा १४ सयवटा सुविधा सम्पन्न अपार्टमेन्ट रहेका छन् । त्यसै गरी ठूलो अफिस स्पेस तथा सपिङ सेन्टर पनि यस महल भित्र रहेको छ । यस भवन जति चमत्कारी छ त्यसमा लागेको खर्च पनि उत्ति नै धेरै छ । चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनीमध्येको एक क्यापिटालेन्डले विगत ६ वर्ष देखि निर्माण गरिरहेको यस महलको निर्माण लागत ४ खर्ब ३२ अर्ब भन्दा बढी रहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको यस भवन सन २०१९ को अन्त्य तिर खुल्ला गरिनेछ ।

चीनले कहीले भीरमा सिसैसिसाको पुल बाउँछ , कहीले समुद्रमाथि प्ल बनाउँछ । यस्तै यस्तै अनेक किसिमका भौतिक विकासका नमुनाहरु प्रदर्शन गर्ने चीनले केही समय अगाडी अनौठौ रोबोट बनाएको थियो । चीनले आर्थिक विकासमा पनि फड्को मारेको छ । उसले विश्वशक्ति अमेरिकालाई समेत धेरै कुरामा पछि पारेको छ ।

एजेन्सी ।

यसमा तपाइको मत

अन्य समाचार