हिजो अर्थात मंगलबारसम्म सहिदसप्ताह मनाइयो । सरकारी नेकपाले सुखानीका सहिदको सम्मानमा कार्यक्र गर्योभने विद्रोही नेकपाले जनयुद्ध तथा जनआन्दोलनका सहिदको सम्मानमा सहिदसप्ताह मनायो । सहिद पनि वर्गीय भएको देश हो नेपाल । कम्युनिस्ट नामका दुई पार्टी अस्तित्वमा रहँदा सरकारी कम्युनिस्ट पार्टीले विद्रोही कम्युनिस्ट पार्टी माथि दमन बढाएको छ ।
सरकारी दमनकाबिच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्याङ्गजाले मंगलबार वालिङ्गमा एक कार्यक्रमको आयोजना गरी शहीद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा घरका दाजुभाई शहीदद्वय दीपक र सुधिर रिजालका भाई प्रकाश रिजाल, शहीद कुबिजा पराजुलीका भाई नारायण पराजुली, शहीद शान्ति पाठकका बुबा तुलसीराम पाठक, शहीद कालुराम थापाकी जीवन संगिनी नुनामाया थापा र शहीद सुमन्त भुसालाकी आमा होमकला भुसाल रहेका छन् ।
उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टी गण्डकब्युरो सदस्य रुपेशले खादा र सम्मानपत्रले सम्मान गरेका थिए । शहीद तथा बेपत्ताका परिवारलाई सम्मान कार्यक्रममा अतिथिको तर्फबाट बोल्दै नेता रुपेशले शहिद र बेपत्ताले देखेका सपनाका विरुद्ध कुनैपनि सम्झौता नगरिने बचनबद्धता ब्यक्त गरे ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी स्याङ्गजाका सेक्रेटरी गोकुल पराजुलीले आफुहरु पनि शहीद भएरै भए पनि प्रचण्ड र बाबुरामहरुले बीचैमा छोडेको अधुरो क्रान्तिलाई पुरा गरी छाड्ने बताए । शहिदको तर्फबाट कुविजा पराजुलीको भाई नारायण पराजुलीले शहिदको नाममा मागिखाने काम भएकोमा चित्त दुखाउँदै शहिद परिवार कसैको आशेपासे भएर भन्दा पनि विचारमा प्रतिबद्ध भएर देश र जनताको पक्षमा एकपटक फेरि लड्नै पर्ने कुरामा जोड दिए ।
जनयुद्धका क्रममा आफ्ना दुई दाजुहरु गुमाएका प्रकाश रिजालले परिवर्तनको निम्ति शहीदहरुले देखाएको बाटोमा लाग्न आफुहरु तयार रहेको उल्लेख गरे । कार्यक्रमको संञ्चालन राजु पौडेलले गरेका थिए । गत फाल्गुन १ देखि २१ गतेसम्म नेकपाले सहिद सप्ताह मनाउने गर्दै आएको छ । यसलाई राजनीतिक संस्कारकोरुपमा मनाउदै जाने सो पार्टीले जनाएको छ ।




